सुन्तला उत्पादन बढ्ने



हाम्रो इकोनोमि

 

जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । रुखका आधा सुन्तला टिप्न बाँकी रहेको छ ।
कृषि ज्ञान केन्द्र भरतपुरका बागबानी अधिकृत धनबहादुर थापाका अनुसार यस वर्ष हावाहुरी, असिना पानीलगायतका कारण सुन्तलामा असर परेको छैन । यससँगै उत्पादनसमेत राम्रो रहेको छ ।
यस वर्ष जिल्लामा सुन्तला लगाइने क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादन र उत्पादकत्वमा समेत बढेको छ । यस वर्ष २५४ हेक्टर क्षेत्रफलमा सुन्तला लगाइएको उहाँले बताउनुभयो । दुई हजार ४०० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको उहाँले बताउनुभयो । गत वर्ष २४४ हेक्टरमा लगाइएको सुन्तला खेतीबाट दुई हजार २०० मेट्रिक टन उत्पादन भएको थियो ।
थापाले गत वर्ष उत्पादकत्व प्रतिहेक्टर नौ मेट्रिक टन रहेकोमा यस वर्ष सो बढेर १० पुग्ने अनुमान गरिएको बताउनुभयो । जिल्लाको इच्छाकामना गाउँपालिका–२ को दाहाखानी, काउले, दारेचोक, चाण्डिभञ्ज्याङ्गलगायतका क्षेत्र सुन्तलाको पकेट क्षेत्र हो । व्यावसायिक रुपमा सुन्ताला खेती गर्ने किसानको सङ्ख्या ३०० रहेको छ । एक जना कृषकले सुन्तला बिक्रीबाट रु पाँच लाखसम्म आम्दानी गर्ने गरेको पाइन्छ ।
यहाँ उत्पादन भएका सुन्तला काठमाडौँ, पोखरालगायत देशका विभिन्न शहरमा निर्यात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
पोल्ट्री व्यवसायीको माइतीघरमा आन्दोलन

    पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् । साना किसानको विस्थान बन्द गर्नु...

९६ प्रतिशत सकियो धान रोपाइँ

    देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ...

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...