सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती



हाम्रो इकोनोमि

 

 

एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न उठाउँदै यस्तै शैली कायम राख्ने हो भने सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न चुनौती दिएका छन् ।

बैठक सञ्चालनमा समेत परम्परा तोडिएको भन्दै उनले यस्तै शैलीले पार्टी चल्न नसक्ने धारणा राखेका थिए ।  अब बैठक पनि आफैं चलाउने, स्वागत पनि आफैं गर्ने, नाम पनि आफैं बोलाउने !  यसले राम्रो गरेन’ उनले मंगलबारको बैठकमा भने  यदि यस्तो हो भने अरु पदाधिकारी किन चाहियो ? खारेज गरेर एकल अध्यक्ष बनाऊँ र अरू सबैलाई सदस्य बनाउँ ।

उनले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन बैठकमा ल्याउन माग गरेका छन् । यो प्रतिवेदन नआइकन केन्द्रीय समितिमा थप छलफलको औचित्य नरहेको उनको धारणा थियो । सोमबारबाट सुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफैं बैठक चलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...