सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती



हाम्रो इकोनोमि

 

 

एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न उठाउँदै यस्तै शैली कायम राख्ने हो भने सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न चुनौती दिएका छन् ।

बैठक सञ्चालनमा समेत परम्परा तोडिएको भन्दै उनले यस्तै शैलीले पार्टी चल्न नसक्ने धारणा राखेका थिए ।  अब बैठक पनि आफैं चलाउने, स्वागत पनि आफैं गर्ने, नाम पनि आफैं बोलाउने !  यसले राम्रो गरेन’ उनले मंगलबारको बैठकमा भने  यदि यस्तो हो भने अरु पदाधिकारी किन चाहियो ? खारेज गरेर एकल अध्यक्ष बनाऊँ र अरू सबैलाई सदस्य बनाउँ ।

उनले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन बैठकमा ल्याउन माग गरेका छन् । यो प्रतिवेदन नआइकन केन्द्रीय समितिमा थप छलफलको औचित्य नरहेको उनको धारणा थियो । सोमबारबाट सुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफैं बैठक चलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...