बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)



हाम्रो इकोनोमि

 

भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् । त्यहाँ कार्यरत् ४० जनामध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएको र बाँकी सम्पर्कविहीन रहेको भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले बताए ।

बर्तौलाका अनुसार सम्पर्कमा आएका २५ कर्मचारीमध्ये २ जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अन्य ११ जना काठमाडौं आइपुगेका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ । सम्पर्कविहीन कर्मचारीहरूका परिवारजनको उद्धार, सूचना आदान-प्रदान र सहायताका लागि विभागले सम्पर्क अधिकृतहरू तोकेको छ ।

भन्सार कर्मचारी तथा परिवारजनका लागि कुमार घिमिरे (शाखा अधिकृत) ९८४१३६५९४८, भरतमणि सापकोटा (शाखा अधिकृत) ९८४९६४५०३० र शिवराज बोहरा (शाखा अधिकृत) ९८४९९३२२०२ सम्पर्क गर्न विभागका निर्देशक बर्तौलाले आग्रह गरे ।

 

विभागका अनुसार बेपत्ता हुनेहरूको नामावली यसप्रकार छ-

१. नहकुल शर्मा

२. राजेन्द्रकुमार सोनकर

3. विकास तामाङ

४. विष्णुप्रसाद भुसाल

५. भीमबहादुर लामा

६. दिनेश घिमिरे

७. अनिता पुरी

८. प्रेमप्रसाद सेढाई

९. गोविन्द अधिकारी

१०. सुनिल गुरुङ

११. नरेशदत्त जोशी

१२. राजु ओली

१३. राम नेपाली

१४. विमल त्रिपाठी

१५. हरिबहादुर खड्का

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...