बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)



हाम्रो इकोनोमि

 

भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् । त्यहाँ कार्यरत् ४० जनामध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएको र बाँकी सम्पर्कविहीन रहेको भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले बताए ।

बर्तौलाका अनुसार सम्पर्कमा आएका २५ कर्मचारीमध्ये २ जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अन्य ११ जना काठमाडौं आइपुगेका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ । सम्पर्कविहीन कर्मचारीहरूका परिवारजनको उद्धार, सूचना आदान-प्रदान र सहायताका लागि विभागले सम्पर्क अधिकृतहरू तोकेको छ ।

भन्सार कर्मचारी तथा परिवारजनका लागि कुमार घिमिरे (शाखा अधिकृत) ९८४१३६५९४८, भरतमणि सापकोटा (शाखा अधिकृत) ९८४९६४५०३० र शिवराज बोहरा (शाखा अधिकृत) ९८४९९३२२०२ सम्पर्क गर्न विभागका निर्देशक बर्तौलाले आग्रह गरे ।

 

विभागका अनुसार बेपत्ता हुनेहरूको नामावली यसप्रकार छ-

१. नहकुल शर्मा

२. राजेन्द्रकुमार सोनकर

3. विकास तामाङ

४. विष्णुप्रसाद भुसाल

५. भीमबहादुर लामा

६. दिनेश घिमिरे

७. अनिता पुरी

८. प्रेमप्रसाद सेढाई

९. गोविन्द अधिकारी

१०. सुनिल गुरुङ

११. नरेशदत्त जोशी

१२. राजु ओली

१३. राम नेपाली

१४. विमल त्रिपाठी

१५. हरिबहादुर खड्का

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...