संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि विघटन संसद् पुनर्स्थापना गर्ने एजेन्डा पार्टीले अघि सार्न बताएका छन् । आज गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै संसद् पुनर्स्थापना असोज ६ र ७ गते बस्ने बैठकको एजेन्डा बन्ने बताए । उनले भने, ‘कतिपय संसद् पुनर्स्थापनाको कुरा साथीहरूले सोध्नु भएको छ । यसपालिको बैठकमा हामी छलफल गर्नेछौँ । जसरी विगतमा प्रतिगमन सच्याउनको लागि संसद् पुनर्स्थापनाको प्रक्रियालाई हाम्रो आन्दोलनले स्वीकारेको थियो । २०६२/६३ मा माओवादीको आन्दोलनलाई आत्मसात् गर्दा पनि हामीले संसद् पुनर्स्थापना गर्‍यौँ । अब पनि प्रतिगमन सच्चाउनका निम्ति अघिल्लो संसद् पुनर्स्थापना एउटा क्रान्तिकारी कदम हुनसक्छ, जो सर्वोच्चमा विचाराधीन छ, त्यो हुन सक्छ हामीभित्र बहसको विषय हो। लुकाउनु पर्ने केही छैन ।

बालेन सरकार जति धेरै टिक्छ देशले क्षति व्यहोर्ने उनको भनाइ छ। उनले संयुक्त राष्ट्रसंघको महासभाबाट फर्किएर आएपछि राजीनामा दिन सुझाव दिए । उनले भने, राजीनामा नदिए २३ र २४ गते जसरी तपाईँहरूले हाम्रो घर जलाउनुभयो । जनताको आक्रोश छ । जनताको आक्रोश रोक्न राजीनामा दिनुस् । नभए दोस्रो भदौ २३ र २४ गतेको जस्तै आन्दोलनको घोषणा हुनेछ । संसद् पुनर्स्थापनालगायतका विषय आन्दोलनको एजेन्डा बन्नेछ । उनले एमालेमा पुनर्गठनको नाममा अध्यक्ष केपी ओलीलाई हटाउने षड्यन्त्र पूरा नहुने जिकिर गरे । केन्द्रीय समिति बैठकपछि ओलीको नेतृत्वमा एमाले एकताबद्ध बन्ने बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...