सल्यानमा एड्सबाट आठको मृत्यु



हाम्रो इकोनोमि

 

एचआइभी एड्सका कारण यहाँ आठ जनाको मृत्यु भएको छ । विसं २०६८ देखि हालसम्म सङ्क्रमित आठ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा २० देखि ६० वर्ष उमेरका छन् । अहिले जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ३० रहेको सो क्षेत्रमा काम गर्दै आएको संस्था शारदा प्लसले जनाएको छ । जसमध्ये १२ जना बालबालिका रहेका छन् । सङ्क्रमित बालबालिकामध्ये पाँच जना काठमाडौँका बेवी केयर होममा रहेका प्लसका टोलीनेता थमन विष्टले जानकारी दिनुभयो ।
जसमध्ये सात जना बालबालिका जिल्लाबाहिर रहेका र बाँकी १८ जनाले भने जिल्ला अस्पतालबाट एआरटी सेवा लिइरहेका उहाँले जानकारी दिनुभयो । जिल्ला अस्पतालबाट एआरटी सेवा लिइरहेका १८ मा १० महिला र आठ पुरुष छन् ।
सङ्क्रमित पनि अरू व्यक्तिसरह नै विभिन्न व्यवसाय गर्दै आएका छन् । “एचआइभी सङ्क्रमितमध्ये दुई जनाले अटो व्यवसाय गरिरहेका छन्, अरू पनि आ–आफनै व्यवसाय सञ्चालन गरिरहेका छन्”, विष्टले भन्नुभयो, “पहिले सङ्क्रमितहरु बाहिर खुलेर आउन चाहँदैनथे, तर अहिले सजिलो भएको छ ।”

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...