पाल्पामा ३१७ एचआइभी सङ्क्रमित फेला



 

पाल्पा जिल्लामा ३१७ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । आव २०७४÷७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना सङ्क्रमित बिरामी नयाँ थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयो ।

सङ्क्रमितमध्ये नियमित एआरटी सेवा लिने २०४ जना बिरामी रहेका छन् । जिल्लाको मिसन अस्पतालबाट सङ्क्रमितले निःशुल्क एआरटी सेवा लिइरहेका छन् । जिल्लामा करीब ४१ जना एचआइभी सङ्क्रमित खुलेर हिँड्ने गरेका छन् ।

विभिन्न लाञ्छनाका कारणले समाजमा सङ्क्रमित बिरामी खुल्न हिचकिचाउने गरेको पाइन्छ । सङ्ख्यागत हिसाबले खुल्नेको सङ्ख्या जिल्लामा न्यून रहेपनि विगतका वर्षको तथ्याङ्कलाई हेर्दा अहिले समाजमा खुल्नेको सङ्ख्यामा सुधार रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
लाइसेन्स परीक्षामा ८० प्रतिशत बढी नर्स फेल

नेपाल नर्सिङ परिषद्ले ३४औं नर्सको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक  गरेको छ

मुगुमा एकै परिवारका चार जनाको हत्या

  मुगुमा एकै परिवारका चार जनाको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको

२ चिनियाँ जहाज भूकम्प पीडितका लागि राहत बोकेर नेपाल आइपुग्यो

  जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज

ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

  बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड