डेंगुरोग सार्ने लामखुट्टे नियन्त्रण गर्न बासस्थानको खोजी



हाम्रो इकोनोमि

डेंगु रोगबारे जानकारी भएर पनि यो रोग निम्त्याउने लामखुट्टे नियन्त्रणमा समुदायको पर्याप्त ध्यान पुग्न सकेको छैन ।

घर वरपर भाँडोमा पानी जमेर डेंगुरोग सार्ने लामखुट्टे हुर्कंदासमेत सरसफाइमा स्थानीय सचेत नभएको स्वास्थ्यकर्मीले बताएका छन् ।

रोग नियन्त्रणका लागि सचेतना कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेवीका तथा स्वास्थ्यकर्मी यसतर्फ जनस्वास्थ्य कार्यालयले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले स्थानीय सचेत हुन नसकेको भन्दै जनस्वास्थ्य कार्यालयको ध्यानाकर्षणसमेत गराएका छन् ।

मुख्यगरी घर वरपर जमेको सफा पानीमा डेंगु सार्ने लामखुट्टेका लार्भा हुर्कने र लामखुट्टे बन्ने गर्छ । यस्ता भाँडा र टायरको बट्टामा पानी जम्न दिनु हुँदैन भन्ने जानकारी हुँदाहुँदै पनि सरसफाइमा स्थानीय समुदाय सचेत नभएको महिला स्वास्थ्य स्वयंसेविका शुभद्रा श्रेष्ठ बताउनुहुन्छ ।

“मानिसको सोचमा परिवर्तन आएको छैन, सबै काम स्वयंसेविका र जनस्वास्थ्य कार्यालयले गर्दिए हुन्थ्यो भन्छन्, आफ्नो अनुभव सुनाउँदै श्रेष्ठले भन्नुभयो, “अब उनीहरुको घर पनि हामीले सफा गर्दिने हो र रु”

रोगबारे सचेतना जगाउने, जानकारी दिने र सावधानी अपनाउने विषयमा जानकारी दिइने काम स्वास्थ्य स्वयंसेविकाको हो तर आफूहरुले भनेको धेरैजसोले नमान्ने गरेको गुनासो स्वयंसेविकाको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले सरसफाइ गर्नुभन्दा नमान्नेलाई तुरुन्त जानकारी दिन स्वयंसेविकालाई आग्रह गर्नुभयो ।

विगतमा जनस्वास्थ्यका कर्मचारी देखिनेवित्तिकै यहाँ सफा गर्नु प¥यो भनेर भन्ने गरेको तीतो अनुभव सुनाउँदै केसीले पछिल्लो समयमा भने उनीहरुलाई नै सफा गर्न लगाउने गरेको बताउनुभयो ।

विगतमा हाम्रो घरमा पनि टायर छ, सफा गरिदिनुप¥यो भनेर फोन आउने गरेको अनुभव उहाँले सुनाउनुभयो ।

भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जीवन श्रेष्ठ स्वास्थ्यकर्मीको काम नै सचेतना फैलाउने भएको भन्दै यसतर्फ स्वयंसेविकाले चुस्त भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले भन्नुभयो, “यो रोगबारे स्थानीयमा विगतभन्दा सचेतना बढेको हो ।”

चितवनमा यो आर्थिक वर्षमा ५८ जनामा डेंगु रोग देखिएको छ । डेंगु फैलन सक्ने भन्दै जनस्वास्थ्य कार्यालय चितवनले अहिले लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न थालेको छ । आजदेखि भरतपुर महानगरपालिकामा डेंगु सार्ने लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्न थालिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

    किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा सञ्चालित किस्ट–मेदान्ता क्लिनिको–सर्जिकल...

नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको कलेजो प्रत्यारोपण सफल

    नेपालमा पहिलो पटक निजी अस्पतालको संरचनामा ५ वर्षीया बालिकाको सफल बाल...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

बुढानीलकण्ठ नगरपालिका–२ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

      बुढानीलकण्ठ नगरपालिका वडा नम्बर -२ मा निःशुल्क पाठेघरको मुख तथा...