अर्जुनधारामा दीर्घरोगको उपचार निःशुल्क



हाम्रो इकोनोमि

सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने उमेर पुगेका अर्जुनधारा नगरभित्रका दीर्घरोगी ज्येष्ठ नागरिकलाई अर्जुनधारा नगरपालिकाले निःशुल्क सेवा तथा औषधि वितरण गर्न शुरु गरेको छ ।

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले ज्येष्ठ नागरिक मिलन समाजका अध्यक्ष रामप्रसाद भट्टराईलाई उपचार कार्ड वितरण गरेर आइतबार कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

दीर्घरोगको निःशुल्क उपचारका लागि पहिलो चरणमा उच्च रक्तचाप र मधुमेहका बिरामीलाई निःशुल्क औषधि वितरण गरिने उहाँले बताउनुभयो ।

त्यस्तै नियमित रक्तचाप जाँच र मधुमेहका बिरामीको रक्त जाँचका लागि शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्र, अर्जुनधारा स्वास्थ्य चौकी र खुदुनाबारी स्वास्थ्य चौकीलाई केन्द्र बनाएर कार्यक्रम शुरुवात गर्न लागिएको नगरप्रमुखको भनाइ छ ।
ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य जाँचको थालनी गर्न शुरुवात गरिएको यस कार्यक्रमको निरन्तरतासँगै भविष्यमा एकल महिला तथा अपांगताका समेत कार्यक्रम अघि बढाइने छ ।

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...