निःशुल्क स्वास्थ्य शिविर सञ्चालन



बाजुराको बूढीगंगा नगरपालिकामा आइतबार सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढी बिरामीले सेवा लिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वय र बूढीगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा २०० बढीले उपचार सेवा पाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताउनुभयो । शिविरमा आएका ५० जना बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ ।
शिविरमा छाला तथा यौन रोगसम्बन्धी उपचार तथा परामर्श दिइएको थियो । त्यसबाहेक अन्य बाल रोग, स्त्री रोग, हाड जोर्नी, सुगर, दीर्घरोगको पनि उपचार गरिएको डा दुर्गा महर्जनले बताउनुभयो । शिविरमा अपांगता भएका व्यक्तिलाई बैसाखी पनि वितरण गरिएको बूढीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दीपक शाहले जानकारी दिनुभयो ।
शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
युनिभर्सल डेन्टल अस्पतालमा मोबाइल क्लिनिक सुरु

 काठमाडौंको स्युचाटारमा रहेको युनिभर्सल डेन्टल हस्पिटल एन्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटले मोबाइल डेन्टल सर्भिस

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको

नगरप्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु

  रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको

एमालेले जनतामा आशा जगाउने काम गरेको छ : महासचिव पोखरेल

    नेपाल कम्युनिष्ट पाटी (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले जनतामा आशा जगाउने काम