स्वस्थ्य जीवन नै समृद्धिको आधार – मुख्यमन्त्री राई



हाम्रो इकोनोमि

प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान आज देखि यहाँ सञ्चालन गरेको छ ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष २०७५’ नाम दिएर नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत आजदेखि सो अभियान शुरु गरेको हो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज बिहान यहाँ आयोजित कार्यक्रममा ‘स्वास्थ्यप्रति जिम्मेवार ः समृद्धिको आधारमा मेरो वर्ष २०७५’ र ‘स्वास्थ्य प्रवद्र्धनको वर्ष २०७५’ “जनमानसमा स्वास्थ्यको पहुँच हाम्रो अभियान आठ प्रतिबद्धता, स्वास्थ्य जीवनको आवश्यकता” भन्ने अभियानको अनावरण गर्नुभयो ।

उक्त आठ बुँदे प्रतिबद्धतामा “ म तनावरहित जीवन व्यतीत गर्छु” ‘म ट्राफिक नियमको पालना गर्छु’ ‘म आफ्नो घर र समुदाय सफा राख्छु’ ‘म रक्सी, चुरोट र सूर्तीजन्य पदार्थबाट टाढा बस्छु,’ ‘म नियमित व्यायाम गर्छु’ ‘म स्वस्थ र पोषिलो खाना खान्छु’ ‘म नियमित स्वास्थ्य जाँच गराउँछु’ ‘म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ रहेको छ ।

उक्त प्रतिबद्धतामा मुख्य मुख्यमन्त्री राईले हस्ताक्षर गर्नुहुर्दै स्वस्थ जीवन भएमा मात्र मुलुकको आर्थिक समृद्धि कायम हुने बताउँदै व्यायामले गाउँ समाजलाई सकारात्मक सोचको विकासमा प्रेरणा दिने बताउनुभयो ।

उहाँले आफू खेलकूदमा रुची भएको र नियमित व्यायाम गर्ने गरेको बताउँदै प्रदेश सरकारले अगाडि ल्याएको आठ बुँद्धे प्रतिबद्धतालाई व्यवहारमा उतार्न सबैसँग आग्रह गर्नुभयो ।

मुख्यमन्त्री राईले यो वर्ष विकास र समृद्धिको जग हाल्ने वर्ष भएको बताउँदै सिंगो मुलुकलाई रोगमुक्त बनाउने अभियान सफल बनाउने अभियानमा सहभागी हुनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशलाई योगमय बनाउन प्रदेश सरकारको कार्यसुचीमा राखेको बताउनुभयो । आठ बुँदे प्रतिबद्धतालाई योग शिविरमा प्रदेश सदस्य, सरकारका कर्मचारी, उद्योगी व्यापारी, नागरिक समाज र सञ्चारकर्मीले हस्ताक्षर गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अभियानअन्तर्गत आज कोशी अञ्चल अस्पताल चोकमा वातावरणीय सरसफाइ सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । (तस्वीर उपलब्ध छ)
–––

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...