गाईघाटबजारको सरसफाइ



हाम्रो इकोनोमि

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आज बिहान गाईघाट बजार सरसफाइ अभियान सञ्चालन गरेको छ ।

ट्राफिक चौक, लोकतान्त्रिक चौक, टेम्पो चौक, विपी चौक, डिएमगेट तथा असारी लाइन क्षेत्रमा बजार सरसफाइ अभियान सञ्चालन गरिएको अनेरास्ववियु उदयपुरले जनाएको छ ।

अनेरास्ववियु उदयपुरका अनुसार ‘आफ्नो आँगन आफैँ सफा राखौँ, हाम्रो नगर सुन्दर बनाऔँ’ भन्ने नाराका साथ गाईघाट बजार सरसफाइ गरिएको छ ।

अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य बिमल कार्कीको नेतृत्वमा गरिएको सो सरसफाइ अभियानमा संगठन आबद्ध डेढ सयभन्दा बढी विद्यार्थी, युवा र नेकपा एमालेका जिल्ला नेताको सहभागिता रहेको अनेरास्ववियु उदयपुरका अध्यक्ष सरोज अधिकारीले बताउनुभयो ।

सरसफाइका क्रममा फोहार संकलन गर्ने र जलाउने तथा कतिपय फोहोर विभिन्न स्थानमा संकलन गरेर त्रियुगा नदी किनारमा लगेर नष्ट गर्ने कार्यसमेत गरिएको सो संगठनका सचिव भुवन दाहालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...