स्वास्थ्य केन्द्रलाई रु दुई करोडको जग्गा सहयोग



हाम्रो इकोनोमि

यहाँका एक व्यक्तिले स्वास्थ्य केन्द्र सञ्चालनका लागि उपमहानगरपालिकालाई रु दुई करोड बराबरको जग्गा सहयोग गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले वडा नंं ८ मा सञ्चालन गर्न लागेको शहरी स्वास्थ्य केन्द्रलाई स्व भीमसेनबहादुर शाहका छोरा अभिषेक शाहले तुलसीपुर–८ मा रहेको १३ कट्ठा जग्गा उपलब्ध गराएको उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभएको छ ।

सो जग्गाको चल्ती मूल्य रु एक करोड ९५ लाख रहेको प्रमुख पाण्डेले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगरसभामा बुधबार शाहले जग्गाको लालपूर्जा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख पाण्डेलाई हस्तान्तरण गर्नुभएको थियो । जग्गादाता शाहलाई प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सो अवसरमा सम्मानसमेत गर्नुभएको थियो ।

उपमहानगरपालिकाले सञ्चालन गर्न लागेको शहरी स्वास्थ्य केन्द्रमा एमबिबिएस डाक्टरसहित सेवा सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...