पाटन अस्पतालको ल्याबमा ईन्चार्जको दादागिरी,घुस्याहा चौधरीले यति सम्म गरे



पाटन अस्पतालका विभागीय प्रमुख डा. ऋतु बराल र ल्याब इन्चार्ज चतुरनारायण चौधरीको मनोमानीका कारण ल्याबको अवस्था अस्तव्यस्त बनेको पाइएको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण भइसक्दा पनि कार्यप्रकृतिको आधारमा ल्याबमा विभिन्न शाखाहरु खोलिएका छैनन् । यसप्रति कर्मचारीहरुले लामो समयदेखि असन्तुष्टि प्रकट गर्दै आएका छन् । स्वास्थ्य निर्देशिका अनुसार ल्याब भित्र विभिन्न सेक्सन छुट्याएर ईन्चार्ज नियुक्ति गर्नुपर्ने प्रावधान रहेको छ । ल्याब विभागका प्रमुख बरालले सो निर्देशिकामा रहेको प्रावधानलाई लत्याउँदै आएको पनि एक कर्मचारीले बताए ।

दिनानुदिन अस्तव्यस्त बन्दै गएको ल्याबको अवस्थामा बारे ध्यानाकर्षण गराउँदा समस्या समाधान गर्नुको साटो प्रमुख बराल र ल्याब इन्चार्ज चौधरीले उल्टै धम्क्याउने गरेको कर्मचारीहरु बताउँछन् । केही दिन अघि मात्रै इन्जार्ज चौधरीले एक कर्मचारीमाथि कुटपिट समेत गरेका थिए ।

ल्याबमा कार्यरत दुई जना ल्याब असिस्टेन्टलाई लिखितमा पास गर्दा पनि अन्तर्वार्तामा फालिएको कर्मचारीहरुको आरोप रहेको छ । वरिष्ठ टेक्निसियन पवन श्रेष्ठको नियमानुसार बढुवा हुनुपर्नेमा अर्कै कनिष्ठ कर्मचारीको बढुवा गरेका थिए । यसले श्रेष्ठलाई अन्याय र अरु कर्मचारीहरुलाई काम गर्न हतोत्साहित पारेको ल्याबका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

ल्याब जस्तो संवेदनशील ठाउँमा पनि मानसिक तनाबमा काम गर्नुपरिरहेको कर्मचारीहरुको भनाई रहेको छ । ‘प्रशासनको मनोमानी विरुद्ध आवाज उठाएमा विरोध गर्ने कर्मचारीलाई विभिन्न स्पष्टिकरण सोधेर हैरान पार्ने गर्छन् ।’ एक कर्मचारीले भने ।

अस्पताल प्रशासन र विभागीय प्रमुख डा. बरालको गैरजिम्मेवारीका कारण दुई वर्ष अघि रगत जाँच गर्ने भिट्रस मेशीन एक महिना शिलबन्दी गर्दा हजारौं विरामीहरु प्रभावित भएको थियो । ल्याबका कर्मचारीहरुलाई समेत कुनै जानकारी नदिई मेशीन बन्द गरिएको कर्मचारीहरुको भनाई रहेको छ । ल्याबमा सुधारको लागि अस्पतालका निर्देशक डा विष्णु शर्मासमक्ष पटक पटक लिखित सुझावहरु दिँदा समेत बेवास्ता गर्दै आएको पनि ती कर्मचारीले बताए ।

यस विषयमा प्रयोगशाला कर्मीहरुको देशभरको सञ्जाल शाखाको रुपमा रहेको साझा संस्था मेलान क्षेत्र नं ३ का अध्यक्ष शंकर पौडेलले पाटन ल्याबमा ठूलो बेथिति रहेकोमा उजुरी परेको बताउँदै संवादबाट समस्या समाधान गर्न सुझाव दिँदै आएको जानकारी दिनुभयो ।
अस्पतालका उपकुलपति चिकित्सक भरत यादवले ल्याबमा सामान्य विवादहरु भइरहेको जानकारी दिनुभयो । उहाँले विवाद समाधानका लागि पहल भइरहेको बताउँदै भन्नुभयो– ‘मेरो तर्फबाट या भनौँ अस्पताल प्रशासनको तर्फबाट समयमै समस्या समाधानका लागि प्रयास भइरहेको छ । ’

अस्पतालका निर्देशक डा शर्माले यो विषय सामान्य रहेको बताउनुभयो । ‘यसलाई ठूलो ईस्यु नै बनाउनुहुँदैन ।’ उहाँले भन्नुभयो–‘त्यस्तो विवाद छ जस्तो मलाई लाग्दैन । भयो भने हामी हाम्रो आन्तरिक तवरले समाधान गर्दछौ ।’
मन्त्रीस्तरीय हालै बसेको बैठकले डा बराललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।

मिस्टर काठमाडौंको उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु

  ४५ वर्षीय राईलाई बुधबार बिहानै हृदयघात भएको चाल पाएपछि ग्रान्डी पुर्‍याइएको थियो।