स्वास्थ्य मन्त्रालयको संयुक्त समीक्षा बैठक शुरु



स्वास्थ्य मन्त्रालयको एक वर्षे कार्यक्रमसहित दातृ निकायसंग वार्षिक संयुक्त समीक्षा बैठक शुरु भएको छ । मन्त्रालयको नेतृत्वमा आजदेखि शुरु भएको समीक्षा बैठकमा स्वास्थ्यका क्षेत्रमा आजसम्म भएका उपलब्धि, गर्न बाँकी काम र देखापरेका चुनौतिबारे छलफल गरिँदै छ ।

मन्त्रालयका अनुसार स्वास्थ्यमा ८० प्रतिशत बजेट नेपाल सरकार र २० प्रतिशत दातृ निकायको लगानी छ । उक्त मन्त्रालयसँग राष्ट्रियस्तरका नौँ विकास साझेदार संस्थाले सहकार्य गरी काम गरिहरेका छन् ।

समीक्षा बैठक शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री दीपक बोहराले मन्त्रालय सधैँ गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘स्वास्थ्य सेवा पनि प्रदेश र स्थानीय निकायबाटै जनताले प्राप्त गर्ने हुँदा त्यसको व्यवस्थापनमा हामी लागेका छौँ ।’’

सबै जनतामा आधारभूत स्वास्थ्य सेवाको पहुँच ल्याउनका लागि स्वास्थ्य बीमा ऐनसहित अब बन्ने नयाँ स्वास्थ्य नीतिमा पुनरावलोकन गरिने उहाँले बताउनुभयो । स्वास्थ्य सचिव डा पुष्षा चौधरीले देश संघीयतामा जाँदै गर्दा जनशक्ति, बजेट व्यवस्थापन चुनौतिका रुपमा देखिएको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिलेको जनशक्तिले हामीबाट गुणस्तरीय सेवा दिन गाह्रो छ, हामीलाई थप जनशक्ति,बजेट चाहिन्छ, प्रदेशमा स्वास्थ्यको भूमिका कहाँ कस्तो छ भन्ने पनि महत्वपूर्ण विषय हो ।’’

स्थास्थ्य सचिव डा। चौधरीले हाल सञ्चालनमा रहेका कार्यक्रम पनि प्रभावित नहुनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वयय महाशाखा प्रमुख डा श्रीकृष्ण गिरीले समग्रमा स्वास्थ्यका धेरै सूचक पूरा भए पनि केही विषयमा भने अझै काम गर्नुपर्ने अवस्था छ भन्नुभयो ।

उहाँका अनुसार मातृशिशु मृत्युदर घट्दै गर्दा बालबालिकामा खोपको पहुँच भने घटिरहको देखिएको छ । कुनैसमय ९४ प्रतिशतसम्म खोपको पहुँच अहिले घटेर ७८ प्रतिशतमा झरेको छ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्धारा राउटे समुदायलाई निःशुल्क स्वास्थ्य परीक्षण

     नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

सचिन परियारको निधन

  बालगायक सचिन परियारको निधन भएको छ। स्वास्थ्यमा जटिल समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ

क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना

    क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका

रबिलाइ फेरी हिरासतमा राख्न ४ दिनको म्याद

  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अनुसन्धान गर्न थप ४ दिनको