मिर्गौला उपचारमा आयुर्वेद उपयोगी, विरामीमा देखियो यस्तो परिवर्तन



मिर्गौला समस्याका कारण धेरै मानिसले आफ्नो अमूल्य जीवन गुमाउनु परेको छ । नयाँ अध्ययन र अनुसन्धानबाट आयुर्वेदीय उपचार पद्धति पनि मिर्गौला उपचारका लागि निकै उपयोगी हुने देखिएको छ ।

आयुर्वेदीय उपचार पद्धति अपनाएर स्वास्थलाभ लिएर पहिलेकै अवस्थामा खुशी जीवन बिताइरहेका मानिस पनि अहिले धेरै भेटिने गरेका छन् ।

कुलुङ–८ भोजपुर घर भई हाल अनामनगर बस्ने ५६ वर्षीय भीमादेवी चौहानलाई निकै असहज महसुश भयो । त्यसपछि उपचारका लागि क्यापिसल एण्ड रिसर्च अस्पताल लगियो ।

त्यहाँबाट ग्राण्डी अस्पतालमा जान भनियो । डाक्टरले उनको मिर्गौला निकै खराब भएकाले डायलासिस गर्नुपर्ने सल्लाह दिए ।

भीमादेवीले भनिन्, “डाक्टरले मिर्गौला काम गर्दैन, डायलासिस गर्नुपर्छ भनेको सुन्दा म झसङ्ग भए, तर मैले त्यहाँ डायलासिस गरिन, आयुर्वेदिक औषधि खाएँ ।”

भीमादेवीलाई उनका ज्वाइँ मोहन घिमिरेले कुपण्डोल गुरुद्वार नजिकै रहेको श्री गणेश आयुर्वेदीय औषधालयमा लगे । वैद्यसँग परामर्श गरी औषधि खान शुरु भयो । शुरुमा उनको क्रिटिनाइन ६।३ थियो ।

उपचारपछि क्रमशः ५.३ हुँदै अहिले ३.४ सम्म आइपुगेको छ । औषधिको प्रयोगसँगै उनको स्वास्थ्य अवस्था सामान्य भएको छ । मानिसको शरीरमा क्रिटिनाइन १.४ सामान्य मानिन्छ ।

भीमादेवीको स्वास्थ्य अवस्था अहिले सामान्य छ । उनी आफैंले मजाले हिँड्डुल गर्ने, खाना खाने गर्छिन ।

उनले भनिन, “जीवन सकिए जस्तो लागेको थियो तर वैद्यको औषधिले बचायो ।” उनले खुशी व्यक्त गरिन । उनको अवस्था अस्पताल लैजाँदा निकै शिथिल भइसकेको थियो ।

भीमादेवीजस्तै निर्माण व्यवसायीका अध्यक्ष विष्णुभाइ श्रेष्ठलाई पनि आयुर्वेदिक औषधिले राम्रो सुधार भएको छ । उनले उपचार गर्न शुरु गरेको छ महिना भयो ।

“आयुर्वेदिक औषधि खाएर अहिले ठीक भएको छ, वैद्यको सल्लाहअनुसार मैले खानेकुरामा ध्यान दिएको छु”, उनले सुनाइन ।

उनको शुरुमा क्रिटिनाइन १.९ थियो । अहिले १.४ छ । उनको क्रिटिनाइन बढ्न शुरु गर्दा नै नियन्त्रण गरिन् ।

चितवन घर भई हाल स्वीचाटार बस्ने राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठलाई आयुर्वेदिक औषधिको प्रयोगले निकै राम्रो भएको छ ।

उनले भने “हात गोडा सुनिएकोजस्तो भएको थियो, निकै डराएको थिए, औषधि खाए अहिले ठीक छ ।”

उनले शुरुमा क्रिटिनाइन १.९ थियो । अहिले १.४ छ । हालसम्म ५०० भन्दा बढी मानिसले वैद्यको सेवाबाट लाभ लिएका छन् ।

वैद्य राउतले २०४५/४६ सालमा विश्व स्वास्थ्य सङ्गठनको सहायतामा १५ महिने आयुर्वेदीय तालीम लिएर निरन्तर खोज–अनुसन्धानमा लागिपरी मिर्गौला खराबी हुँदा क्रिटिनाइन बढ्न नदिन काम गरिरहेका छन् ।

उनको उपचार पद्धतिबाट क्रिटिनाइन भर्खर बढ्न शुरु भएकालाई दुई÷चार महिनामा सामान्य हुन्छ । अत्यधिक बढेको छ भने केही समय लाग्न सक्छ ।

आयुर्वेदिक उपचार हेमोडायलासिस नगरेकाका लागि मात्र गरिन्छ । सस्तो र घरमै बसेर उपचार गर्न सकिन्छ ।

मासिक रु पाँच हजारको औषधि प्रयोग गरी वैद्यको सल्लाहअनुसार खान नहुने भनिएका खाना नखाएमा छिट्टै कम हुँदै जान्छ ।

गणेश आयुर्वेदीय औषधालय प्रालिका अध्यक्ष तथा वैद्य गणेशबहादुर राउतका अनुसार मिर्गौला खराबी प्रत्येकलाई फरक फरक कारणले हुन्छ ।

थाहा पाउनका लागि बिरामीको सूक्ष्म तरिकाले अध्ययन गर्नुपर्छ । मिर्गौला रोगका लक्षण पिसाब कम लाग्ने, पानी कमी, वाकवाकी लाग्ने र गोडा सुन्निने हुन्छ ।

“बिरामीले अनुशासित भएर आयुुर्वेद औषधि खायो भने उपचार पद्धति सहज छ, मैले बजारको आयुर्वेदभन्दा फरक तरिकाले आर्युवेदीय उपचार गर्ने गरेको छु”, वैद्य राउतले भने ।

पछिल्लो समयमा मिर्गौलाको समस्या अत्यधिक बढिरेहेको छ । पाचन प्रक्रिया भनेको शरीरको मुख्य मेशिन हो । पाचन प्रक्रियामा दूषित चीजहरु जम्मा हुँदा मिर्गौलाले छान्ने काम गर्छ ।

छान्ने काममा क्रिटिनाइन भन्ने दूषित तत्वले असर गर्छ । त्यसपछि मिर्गौला समस्या हुन्छ । क्रिटिनाइन भन्ने दूषित तत्वलाई कम गर्न औषधि खानुपर्छ ।

“दश वर्षको अनुभवमा बिरामी अनुशासित भएर जीवन चलाउनलाई समस्या आएको छैन, बिरामी आत्तिएर भौँतारिन्छन्, तिनमा राम्रो भएको देखिँदैन अरूको राम्रो छ”, उनले बिरामी अनुशासित हुनुपर्ने जरुरी देखिन्छन् ।

वैद्य राउतका अनुसार १६ वर्षको उमेरको व्यक्ति र ८० वर्षको मानिसको मिर्गौलाको अवस्था एउटै हुँदैन ।

कतिपयले कुरा नबुझेर डायलासिस गरिरहेका छन् । घरखेत जान्छ । मानिसको जीवन पनि लामो समयसम्म रहँदैन । त्यसकारण पनि आयुर्वेदीय उपचार पद्धति नेपालमा जरुरी छ ।

प्रतिक्रिया दिनुहोस
दुर्घटनामा फुटबल खेलाडी कपिलवस्तुको निशान न्यौपानेको निधन

  कपिलवस्तुको बाणगंगा ६ का न्यौपानेको सोमबार राती स्कुटर दुर्घटनामा मृत्यु भएको हो। 

सेभ द चिल्ड्रेनको १०० वर्ष पुरा, बालअधिकार सुनिश्चितताका लागि आह्वान

      नेपालमा सेभ द चिल्ड्रेनले बालअधिकार प्रवर्धनका लागि बालबालिकासँग चार दशक

प्रधानमन्त्रीद्वारा एसियाली जनसंख्या सम्मेलनको उद्घाटन

    आजदेखि काठमाडौंमा सुरु भएको छैटौं एसियाली जनसंख्या सम्मेलनको उद्घाटनमा फरक शैली

दुर्गा प्रसाईं पाँच दिन थुनामै

  न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति