क्यान्सरका बिरामीको तथ्यांक संकलन गरिँदै



हाम्रो इकोनोमि

नेपाल सरकारले क्यान्सरका बिरामीको संख्या र उनीहरुको स्थिति थाहा पाउन आगामी आइतबारदेखि तथ्यांक संकलन गर्ने भएको छ ।

सरकारका कुनैपनि निकायसँग अहिलेसम्म नेपालमा क्यान्सरका कति बिरामी छन् भन्ने यकिन तथ्यांक नभएकाले स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषदमार्फत् जनसंख्यामा आधारित क्यान्सर दर्ता प्रणाली सुरु गर्न लागेको हो ।

परिषदका कार्यकारी अध्यक्ष डा. अन्जनीकुमार झाले क्यान्सरका बिरामीलाई उपचारका लागि दिँदै आइरहेको १ लाख र सरकारले हालसालै निर्णय गरेको मासिक ५ हजार रुपैयाँ सहयोग दिने व्यवस्था अझ प्रभावकारी बनाउन पनि तथ्यांक संकलनले सहयोग पुर्‍याउने बताए ।

तथ्यांक संकलनका लागि अस्पतालमा सेवा लिन आउने बिरामीको स्वास्थ्य प्रतिवेदन, स्वास्थ्य प्रयोगशालामा परीक्षण गराउने बिरामीका प्रतिवेदन र स्थानीय गाउँपालिकारनगरपालिकामा सहयोगका लागि जानेमार्फत् तथ्यांक र सूचना लिइने डा. झाले जानकारी दिए ।

सन् २००३ देखि स्वास्थ्य मन्त्रालयले अस्पतालमा सेवा लिने बिरामीमध्ये क्यान्सरका बिरामीको आधिकारिकरुपमा बीपी कोइराला क्यान्सर अस्पतालबाट विवरण संकलन थालेको थियो ।

सूचना तथा जानकारी कुन विधि र प्रक्रियाबाट संकलन गर्ने भन्नेमा परिषद्ले भारतको प्रसिद्ध टाटा मेमोरियल क्यान्सर अस्पतालमा पाँचजना कर्मचारीलाई तालिम लिनसमेत पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...