पोखरामा पुरुष तथा महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु



हाम्रो इकोनोमि

राष्ट्रिय खेलकुद परिषद्को च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु भएको छ ।

नेपाल ह्याण्डबल संघको सहयोगमा कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र हङ्कङ ब्यूटी इन्स्टिच्यूटको मुख्य प्रायोजनमा शुरु भएको सो प्रतियोगितामा पाँचवटै विकास क्षेत्र, सशस्त्र प्रहरी र नेपाली सेनाको महिला तथा पुरुषका गरी सात÷सात समूहले भाग लिएका छन् ।

‘मेरो गौरव, मेरो पौरख, मेरो खेलकुद, महिला सशक्तीकरणका लागि ह्याण्डबल’ भन्ने मूल नाराका साथ आयोजना गरिएकोे सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

सन् २०१९ मा नेपालमा आयोजना हुने १३औँ साग खेलका लागि प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरिने नेपाल ह्याण्डबल संघका केन्द्रीय अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो ।

आजको शुभारम्भ खेल पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी र सुदूरपश्चिमाञ्चल तथा महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ क्लब र सुदूर पश्चिमाञ्चल टिमबीच भएको थियो । प्रतियोगिता पुस २२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
९६ प्रतिशत सकियो धान रोपाइँ

    देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ...

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण...