पोखरामा पुरुष तथा महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु



राष्ट्रिय खेलकुद परिषद्को च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु भएको छ ।

नेपाल ह्याण्डबल संघको सहयोगमा कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र हङ्कङ ब्यूटी इन्स्टिच्यूटको मुख्य प्रायोजनमा शुरु भएको सो प्रतियोगितामा पाँचवटै विकास क्षेत्र, सशस्त्र प्रहरी र नेपाली सेनाको महिला तथा पुरुषका गरी सात÷सात समूहले भाग लिएका छन् ।

‘मेरो गौरव, मेरो पौरख, मेरो खेलकुद, महिला सशक्तीकरणका लागि ह्याण्डबल’ भन्ने मूल नाराका साथ आयोजना गरिएकोे सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

सन् २०१९ मा नेपालमा आयोजना हुने १३औँ साग खेलका लागि प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरिने नेपाल ह्याण्डबल संघका केन्द्रीय अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो ।

आजको शुभारम्भ खेल पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी र सुदूरपश्चिमाञ्चल तथा महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ क्लब र सुदूर पश्चिमाञ्चल टिमबीच भएको थियो । प्रतियोगिता पुस २२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
दुई घण्टा बोकेर हाते ट्रयाक्टर चितवनको कान्दा पुर्‍याइयो

     चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको

यस्तो छ आज फलफूल तथा तरकारीको थोक मूल्य

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक

बालाजुको तरकारी व्यापारी र साना किसानलाई महानगरले लखट्यो

     काठमाडौं महानगर प्रहरीले बालाजु माछापोखरीमा बाइपास रोडको किनाराका साना किसान तथा

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक