पाँच करोडको लगानिमा अक्सिजन उद्योग सञ्चालन



हाम्रो इकोनोमि

दाङमा पहिलो पटक करीव ५ करोड रुपैयाँको लगानीमा अक्सिजन उत्पादन उद्योग सञ्चालनमा आएको छ । दाङको लक्ष्मीपुर–६ मा दाङ अक्सीजन प्रालिले उद्योग सञ्चालनमा ल्याएको हो ।

उद्योगले अक्सीजनको प्रराम्भिक उत्पादन समेत शुरु गरिसकेको उद्योग सञ्चालक टोपाराम पौडेलले जानकारी दिएका छन् । ‘राप्ती र आसपासका जिल्लाहरुलाई लक्षित गर्दै यो उद्योग सञ्चालनमा ल्याइएका हो ।

उनका अनुसार उद्योगले दैनिक दुई सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने छ । उद्योग सञ्चालनका लागि सबै कानूनी प्रक्रिया पूरा गरेर परिक्षण उत्पादन समेत शुरु गरिसकेकाले अबको केहि महीनामै आफ्नो उत्पादन बजारमा ल्याउने तयारी भएको उद्योग सञ्चालकहरुले बताएका छन् । विशेष गरी उद्योगले अस्पतालमा प्रयोग गरिने अक्सिजन उत्पादन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...

फेटा गाउँपालिकामा अपाङ्गता भएका नागरिकलाई ह्विलचियर वितरण

    ‍बारा जिल्लाको फेटा गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले ह्विलचियर...

मोबाइल भ्यानसहित पानी परीक्षणमा मन्त्री यादव

    वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षण तथा शुद्धीकरणको काम सुरु...