करिब चार सय जनाको निःशुल्क मिर्गौला परीक्षण



स्याङ्जाको वालिङ–४ एलादी स्वास्थ्यचौकीमा शनिबार सञ्चालन भएको एकदिने निःशुल्क मिर्गौला परीक्षण शिविरमा करिब ४०० जना लाभान्वित भएका छन् ।

शिविरमा ३८३ जनाको मिर्गौला परीक्षण गरिएकामा धेरैजसोमा प्रेसर र सुगर भेटिएकाले खानपानमा विशेष ध्यान दिन मिर्गौला रोग विशेषज्ञ सन्तोष गुरुङको सुझाव छ । “परीक्षण गरिएकामध्ये मिर्गौलासम्बन्धी जटिल समस्या देखिएनन्”, विशेषज्ञ गुरुङले भन्नुभयो, “तत्काल समस्या नदेखिए पनि मिर्गौलाको परीक्षणसँगै यसलाई जोगाई राख्नका लागि अपनाउन सकिने उपायका बारेमा पनि हामीले सचेत गराएका छौँ ।”

एलादी स्वास्थ्य चौकीको आयोजना, आँधीखोला तमु समाज काठमाडौँको संयोजन, रोटरी क्लब अफ दी हिमालयन गोर्खा काठमाडौँको प्रायोजन र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर तथा आरज्ञ प्रतिष्ठान पुल्चोक ललितपुरको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । ग्रामीण इलाकामा आएर मिर्गौलासम्बन्धी परीक्षण शिविर राखेकाले आफूहरुको खर्च नहुने, समयको बचत हुने र आफ्नै गाउँ ठाउँमा उपचार तथा परामर्श सेवा पाउँदा स्थानीयवासी निक्कै हर्षित भएका एलादी स्वास्थ्य चौकीका प्रमुख शार्दुल अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

अमेरिकाले फर्काइदिएका नेपालीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा

  अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएका आठैजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले मानव बेचबिखन

आज भैरहवाको तापक्रम ३४ डिग्री सेल्सियस

  शभर तापक्रम बढ्न थालेको छ । आज देशभरका नौ स्थानको अधिकतम तापक्रम

पारस शाहलाई हृदयघात , नर्भिक अस्पताल भर्ना

    पूर्वयुवराज पारस शाहलाई हदृयघात भएको छ । शाहलाई आइतबार बेलुका हृदयघात