कृषिमा स्थानीय सरकारको मनोमानी



हाम्रो इकोनोमि

कृषि मन्त्रालयले कृषि क्षेत्रमा छुट्याएको बजेट स्थानीय सरकारले अन्य क्षेत्रमा रकमान्तर गर्दै लगेपछि किसान आन्दोलित हुने भएका छन् ।

राष्ट्रिय कृषक समूह महासंघ नेपालले आज यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले स्थानीय सरकारले कृषिमा बजेट विनियोजन नगरेका कारण किसानले आन्दोलन थाल्ने चेतावनी दिनुभयो ।

दिगो कृषि, खाद्य सम्प्रभुता र कृषि संरचनाबारे किसानलाई एकजुट हुन आग्रह गरिएको अभिमुखीकरण कार्यक्रममा देशभरका कृषि समूहका अध्यक्ष तथा प्रतिनिधिको उपस्थित थियो । स्थानीय सरकारले कृषि क्षेत्रमा छुट्याएको बजेट डोजर, गाडी खरिद, बाटो निर्माण वा कार्यालय भवन निर्माण अतिरिक्त अन्य कार्य गर्दै आएको देखिन्छ ।

कृषि विकास मन्त्रालयले कृषि र पशुपक्षी कार्यक्रमका लागि आर्थिक वर्ष २०७४÷७५ मा रु ३० अर्ब ४० करोड रकम छुट्याएको छ । कृषि क्षेत्रको व्यावसायिकीकरण र आधुनिकीकरण सुधारमा विनियोजन भएको उक्त रकम स्थानीय निकायले खर्च गर्न पाउने कानूनी अधिकार प्रत्यायोजन गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष उद्धव अधिकारीले स्थानीय सरकार किसानको हितमा नदेखिएको जानकारी दिनुभयो । अभिमुखी कार्यक्रममा कृषि विज्ञ कृष्ण शर्माले वडा तहसम्म स्रोत साधन परिचालन, खाद्य सम्प्रभूताको मुद्दा, दिगो र पर्यावरणमैत्री खेतीपाती अवलम्बनमा जोड दिनुपर्ने बताउनुभयो ।
त्यसैगरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि अनुदानमा भएका अनियमितताको अन्त्य, बाँदरले पु¥याएको क्षतिको न्यूनीकरणको आवश्यकता, रैथाने बीउबिजनको संरक्षण गर्नुपर्ने बताइन्छ ।

 

प्रतिक्रिया दिनुहोस
च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण...

बजारमा पर्याप्त मात्रामा आउन थाल्यो नेपाली आँप

    काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा...