अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री



हाम्रो इकोनोमि

 

 

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको एक विवादास्पद अडियो प्रकणरणबारे स्पष्टीकरण दिएकी छन् । उनले अडियो क्लिपमा कुराकानी गरेका ती दुई व्यक्तिहरूसँग आफ्नो कुनै व्यक्तिगत वा पारिवारिक सम्बन्ध नरहेको बताइन् । साथै उनले कुनै प्रमाण पेस भए फेस गर्न तयार रहेको पनि उनले जानकारी दिइन् ।

यसअघि दुई व्यक्तिहरुले कृषिमन्त्री चौधरी, गृहमन्त्री सुधन गुरुङ, रास्वपा सांसद ठाकुरसिंह थारु लगायतको नाम लिँदै लेनदेनको कुरा गरेको अडियो सामाजिक सन्जालमा सार्वजनिक भएको थियो । सो अडियोमा बोल्ने एक व्यक्तिले मन्त्री चौधरीलाई आफ्नो ‘मामाकी छोरी’ भनेर चिनाएको सुनिन्छ । सो अडियोबारे बिहीबार संघीय संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समिति सदस्यहरुले कृषिमन्त्री चौधरीसँग जवाफ मागेका थिए । सो विषयमा मन्त्री चौधरीले भनिन्, अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन । व्यक्तिगत, पारिवारिक कुनै सम्बन्ध छैन ।

उनले त्यसबारे कानुनी प्रक्रियामा गइसकेको भन्दै अनुसन्धान जारी रहेको विषयमा थप बोल्न नमिल्ने बताइन् । मन्त्री चौधरीले आफू लामो समयदेखि सुशासनका लागि लडेको र जेनजी आन्दोलनमा पनि योगदान दिएको भन्दै अनावश्यक टिकाटिप्पणी गर्नुभन्दा प्रमाणका आधारमा विषय उठाउन आग्रह गरिन् । हामी सुशासनका लागि आएका हौं । टीकाटिप्पणी गर्नुभन्दा पनि प्रमाण छ भने म फेस गर्न तयार छु, उनले भनिन् । उनले पत्रकारहरूलाई समेत सत्यतथ्य बुझेर मात्रै विषयवस्तुलाई बाहिर ल्याउन सुझाव समेत दिइन् ।

प्रतिक्रिया दिनुहोस
वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...