तिहारमा प्लास्टिकका फूलमाला बेचे जफत हुने



हाम्रो इकोनोमि

 

 

नजिकिँदै गरेको दीपावली (तिहार) पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका विभिन्न सामग्री बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाएको छ । महानगरले स्वदेशी फूल र मालाको प्रयोगलाई प्राथमिकता दिई बिक्री वितरण गर्न सम्पूर्ण व्यवसायी, व्यापारी तथा सर्वसाधारणमा अनुरोध गरेको छ ।

काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयअन्तर्गतको महानगर प्रहरी बलले एक सूचना जारी गर्दै सूचनाको अवज्ञा गरी कसैले प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलको माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सम्पूर्ण सामग्रीहरू जफत गरिने चेतावनी दिएको छ ।

यसैगरी, नेपाली किसानहरूले उत्पादन गरेका फूल र मालाहरूले उचित बजार पाउन् र सर्वसाधारणलाई खरिद गर्न सहज होस् भन्ने उद्देश्यले महानगर प्रहरी बलले सरोकारवाला निकायहरूसँगको समन्वयमा बिक्री वितरणका लागि विभिन्न स्थानहरू तोकेको छ ।

प्रतिक्रिया दिनुहोस
माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र तत्कालीन मन्त्री कांग्रेस नेता...

भक्तपुर मालपोतका नासुको ९ करोड ७३ लाखको अवैध सम्पत्ति, अख्तियारद्वारा मुद्दा दायर

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत...

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किएर एक विदेशी नागरिकको मृत्यु, एक जना घाइते

    सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना...

माछापुच्छ्रे बैंकको नाफा र सञ्चालन मुनाफा दुवैमा वृद्धि

    माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आफ्नो खुद...