रेलमार्गले जोडिँदै राम–सीताको पवित्र सम्बन्धका दुई धाम



हाम्रो इकोनोमि

 

 

 जनकपुरधाम र अयोध्यालाई रेलमार्गले जोड्ने योजनाले राम–सीताको पवित्र सम्बन्धसँग गाँसिएको नेपाल–भारतको धार्मिक र सांस्कृतिक सेतुलाई भौतिक रूपमै थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

यसले दुई देशका नागरिकबीचको आत्मीयता र जनस्तरको सम्बन्ध विस्तारमा नयाँ आयाम थप्ने, आर्थिक उन्नयन हुने भन्दै यस क्षेत्रका राजनीतिक दल र सरोकारवालाले खुसी व्यक्त गरेका छन् । जनकपुरधाम माता सीताको जन्मभूमि हो भने अयोध्या भगवान् रामको । रामायणसँग जोडिएका दुई ऐतिहासिक धार्मिक नगरीबीच रेल सेवा सञ्चालन हुन लागेको विषयलाई धार्मिक पर्यटन प्रवर्द्धनका साथै दुई देशबीचको सम्बन्ध विस्तारका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा आज नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । भारतीय प्रेस इन्फर्मेसन ब्यूरो (पिआइबी)ले जारी गरेको सूचनाअनुसार भारतीय रेल्वेले जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालनका लागि स्वीकृति प्रदान गरेको हो ।

करिब ६०४ किलोमिटर दूरी तय गर्ने रेल सेवाले विहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै जनकपुरधामलाई अयोध्यासँग जोड्नेछ । नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सुरुवाती चरणमा यो रेल सेवा सातामा एकपटक सञ्चालन हुनेछ । निर्धारित समयतालिकाअनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट प्रस्थान गरी आइतबार बिहान ८ः१० बजे अयोध्याको क्यान्ट पुग्नेछ ।

त्यसैगरी, रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट प्रस्थान गरी मङ्गलबार दिउँसो १२ः४० बजे जनकपुरधाम आइपुग्ने प्रबन्धक पराजुलीले बताए । रेलको जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी रहनेछन् । ती स्थानबाट यात्रु चढ्न तथा ओर्लन सक्ने व्यवस्था गरिएको छ । उत्तर रेल्वे, लखनउ, मण्डल रेल प्रबन्धक कार्यालयद्वारा जारी निमन्त्रणा अनुसार अयोध्या रेल्वे स्टेसनमा विशेष कार्यक्रम आयोजना गरी ‘नयाँ वन्दे भारत एक्सप्रेस’ रेललाई आज दिउँसो हरियो झन्डा देखाएर सेवा शुभारम्भ गर्ने कार्यक्रम छ ।

जनकपुरधाम र अयोध्या दुवै रामायणसँग सम्बन्धित धार्मिक आस्थाका महत्वपूर्ण केन्द्र हुन् । जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा मानिँदै आएको छ । यी दुई सहरबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुँदा धार्मिक पर्यटक तथा श्रद्धालुको आवागमन सहज हुने र रामायण सर्किटको अवधारणालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकले सुरु गर्‍यो एन–ट्याग बिक्री तथा वितरण

    कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि आवश्यक विद्युतीय...

नबिल बैंकको आयकर योगदान ३१ अर्ब ९३ करोड

     नबिल बैंकले स्थापना भएदेखि आर्थिक वर्ष २०८२/८३ सम्म सरकारलाई ३१ अर्ब...

आधिकारिक कांग्रेस हामी हौँ : विमलेन्द्र निधी

    नेपाली कांग्रेसका इतर पक्षका नेता विमलेन्द्र निधीले पार्टीको १५औँ महाधिवेशनको तयारी...

स्थानीय चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव

   निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशको निर्वाचन आगामी मंसिरमा गर्ने...