रोल्पा मासुजन्य उत्पादनमा आत्मनिर्भर



मासुजन्य उत्पादनमा रोल्पा आत्मनिर्भर भएको छ । तर दूध र अण्डा उत्पादन भने अपुग देखिएको छ ।

जिल्ला पशु सेवा कार्यालयका अनुसार वर्षेनी ३३ लाख १७ हजार किलो मासु उत्पादन हुँदै आएको छ । औसत राष्ट्रिय आवश्यकताअनुसार प्रतिव्यक्ति १४ किलो मासु आवश्यकता पर्नेमा जिल्लामा औसत १५ किलो मासु उत्पादन भइरहेको छ ।

कुखुरा, राँगा, बंगुर र खसीबाट उत्पादित मासु जिल्लामा खपत भई बढी भएको जिल्लाबाहिर पठाउने गरिएको वरिष्ठ पशु विकास अधिकृत डा गान्धीराज उपाध्यायले जानकारी दिनुभयो । पशुजन्य उत्पादनअन्तर्गत दूध र अण्डामा भने अझै अपुग हुँदै आएको छ ।

जिल्लामा वर्षेनी ४९ लाख ३३ हजार लिटर दूध उत्पादन हँुदै आएको छ । औसत राष्ट्रिय आवश्यकताअनुसार प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यकता पर्ने भए पनि जिल्लामा औसत प्रतिव्यक्ति २१ लिटर दूध मात्रै उपलब्ध हँुदै आएको छ । व्यावसासिक रुपमा गाई तथा भँैसीपालन कम भएको डा उपाध्याय बताउनुहुन्छ ।

यसैगरी अण्डा उत्पादन जिल्लाको आवश्यकताभन्दा कम देखिएको छ । औसत राष्ट्रिय आवश्यकताअनुसार व्यक्ति व्यक्ति ४८ वटा अण्डा आवश्यक पर्छ । तर हाल जिल्लामा १४ वटा अण्डा मात्रै उपलब्ध हँुदै आएको छ । कुखुरापालन गर्नेको सङ्ख्या बढे पनि अण्डाका लागि कुखुरा पाल्ने निकै कम भएकाले अण्डा उत्पादनमा कमी आएको हो ।

“मासुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छौँँ”, उहाँले भन्नुभयो । वैदेशिक रोजगारबाट फर्केकाहरु व्यावसायिक बाख्रापालनमा लागेका छन् । जिल्लालाई दूध र अण्डामा समेत आत्मनिर्भर बनाउन कार्यालयले कार्यक्रम सञ्चालन गरेको वरिष्ठ पशु विकास अधिकृत डा उपाध्यायले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खायो

    भरतपुरको अकलादेवी सामुदायिक वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खाइदिएको

अर्थ मन्त्रालयद्वारा दुग्ध विकास संस्थानमा ६० करोड ऋण लगानी गर्ने सहमति

    अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण

११.६४ प्रतिशतले बढ्यो घरजग्गाको कारोबार

  देशभर ४३ हजार आठ सय ३५ संख्यामा घरजग्गा कारोबार भएको छ।  गत

रासायनिक मलको अभाव हुँदैन : कृषिमन्त्री साह

    कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालू आर्थिक वर्ष र आगामी