एड्स संक्रमित घट्दै



झापामा प्छिल्लो समयमा एचआइभी९एड्स० संक्रमितकै कारण मृत्यु हुनेको संख्या घट्दै गएको पाइएको छ ।

तीन वर्षमा १६ संक्रमितको मृत्यु भएको झापामा आव २०७३÷७४ असार मसान्तसम्मको एक वर्षमा तीन संक्रमितको मात्र मृत्यु भएको नाइट चेस क्लब अफ भद्रपुरले जनाएको छ ।

मेची अञ्चल अस्पताललगायत विभिन्न अस्पतालमा प्राप्त सुविधायुक्त प्रविधि र उचित उपचार सेवाकै कारण संक्रमितबाट मृत्यु हुनेको संख्या घट्दै जान लागेको क्लबका परियोजना प्रमुख गोविन्द पौड्यालले जानकारी दिनुभयो ।

खुला सिमानाको फाइदा उठाउँदै भारतका विभिन्न स्थानमा जाने र नेपाल फर्किने गर्दा संक्रमित झापामा बढ्ने गरे पनि पछिल्लो समयमा भने सो संख्या घट्दै गएको पौडेलको भनाइ छ ।

असुरक्षित यौन संसर्गकर्ता र लागुऔषध दुव्र्यसनी तथा मादक पदार्थको सेवनकर्ताकै कारण महिलाभन्दा पुरुषमा सो संख्या बढ्ने गरेको क्लबका कार्यक्रम संयोजक सोमराज ढकालले जानकारी दिनुभयो ।

विसं २०७४ साउन मसान्तसम्मको एक आवमा क्लबले ५१० संक्रमितलाई ७४६ पटक सेवा प्रवाह गरेको छ । पछिल्लो ११ महिनामा ३९ पुरुष र ३५ महिलासमेत संक्रमित पत्ता लगाई आवश्यक उपचार सेवा प्रदान गरिएको क्लबका भद्रपुर इञ्चार्ज अशोक चौधरीको भनाइ छ ।

क्लबले ११ महिनाका अवधिमा एक हजार ९६४ थान कण्डम वितरण गरेको र संक्रमित ६५ जनालाई चिकित्सा सेवा दिएको चौधरीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
सुन्दरीजलमा महिलाको हत्या

  सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ

म असत्य बोल्दिनँ, हिंसा गर्दिनँ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कहिल्यै असत्य नबोल्ने दाबी गरेका छन्

२०-३० वर्षमै विवाह गर्नुस, छिटो सन्तान जन्माउनुस : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले २०–३० वर्षको आसपासमै विवाह गर्न र छिटो

बेचन झा हिरासतमा गीता पाठ गरेर बस्छन्

  बेचन झा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्  नेपालीलाई नक्कली भुटानी