अवरुद्ध जटिल प्रसूति सेवा तीन महिनापछि सञ्चालन



हाम्रो इकोनोमि

लामो समयदेखि अवरुद्ध जिल्ला अस्पताल रोल्पाको जटिल प्रसूति सेवा भदौ तेस्रो सातादेखि पुनःसञ्चालन भएको छ ।

गत वैशाख अन्तिम सातादेखि दक्ष चिकित्सक नहुँदा अवरुद्ध भएको सो सेवा भदौ तेस्रो सातादेखि सञ्चालन भएको जिल्ला अस्पताल रोल्पाले जनाएको छ । सेवा अवरुद्ध हुँदा दर्जनौँ सेवाग्राही शल्यक्रियाका लागि जिल्ला बाहिर जान बाध्य भएका थिए ।

सेवा सञ्चालनसँगै तीन वटा जटिल प्रसूतिको शल्यक्रियासमेत गरिसकिएको जिल्ला अस्पताल रोल्पाका डा अनिल केसीले जानकारी दिनुभयो । सेवा सञ्चालन गर्न नयाँ चिकित्सक भर्नाका लागि दर्खास्त आह्वान गरिएको भए पनि कसैले आवेदन नदिएका कारण लामो समयसम्म सेवा अवरुद्ध भएको अस्पतालले जनाएको छ ।

अस्पतालमै मौजुदा चिकित्सकलाई जटिल प्रसूतिसम्बन्धी तालीम प्रदान गरेपछि सेवा सञ्चालन गर्न सम्भव भएको जिल्ला अस्पताल रोल्पाले बताएको छ ।

सेवा निरन्तरताका लागि कम्तीमा दुई जना दक्ष चिकित्सकको व्यवस्था गर्ने भन्दै नयाँ चिकित्सक भर्नाका लागि आवेदन गरिएको भए पनि कसैको पनि दर्खास्त नपरेको बताइएको छ ।

जटिल प्रसूतिका लागि एक जना मात्र चिकित्सक हुँदा सेवा निरन्तरतामा समस्या हुने सेवाग्राही गंगा थापाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...