अस्पतालमा सुत्केरी भुइँँमा उपचार गराउन बाध्य



भरतपुर अस्पतालमा प्रसूतिका लागि आउने बिरामीमध्ये झण्डै आधा भुइँमा नै सुतेर प्रसूति गराउन बाध्य छन् ।
अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोख्रेल अस्पतालमा प्रसूति गराउन आउने आधाआधि महिला भूइँमा सुतेर उपचार गर्न बाध्य भएको बताउनुहुन्छ । दैनिक सरदर ४० जना भूइँमा नै हुने गरेको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै महिला छन् ।
महानगरमा प्रमुख र उपप्रमुखको शपथपछिको ३२ आँैं दिनका दिन आज दोस्रो पटक भरतपुर अस्पताल पुग्नुभएका उहाँहरुले प्रसूति गृहको निरीक्षण गर्नुभएको थियो । प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाह जब प्रसूति गृह पस्नुभयो, भुइँभरी प्रसव अवस्थाका बिरामी महिला देख्नुभयो । त्यसो त शपथका दिन पहिलो निर्णय नै उहाँहरुले महिला र वृद्धका लागि अस्पतालमा बहिरङ्ग टिकट निःशुल्क गराउनुभएको थियो ।

श्ययाको अभावमा कष्टकर अवस्था देखेपछि प्रमुख दाहालले आउँदा दिनमा सो अवस्था नरहने गरी काम गर्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “सक्दो सहयोग महानगरले गर्छ, आवश्यक पहल केन्द्रमा पनि गर्छु, तपाईँ झै अब महिलाले भुइँमा सुतेर उपचार गर्नुपर्दैन ।” उहाँले अस्पतालका स्रोत साधनलाई अधिकतम उपयोग गरी बिरामीको उपचारमा लाग्न निर्देशन पनि दिनुभयो । उपप्रमुख ठकुरीले पनि महानगरभित्रै महिलाले कष्टपूर्ण ढंगले प्रसूति सेवा लिन नपर्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।

अस्पतालको प्रसूति गृहमा एक सय १० श्यया छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट रुद्र मरासिनीले वार्षिक रुपमा १४ हजारभन्दा बढी महिलाले अस्पतालबाट प्रसूति सेवा लिने गरेको बताउनुभयो । राजधानीको प्रसूति गृहपछि नेपालमा सबैभन्दा बढी प्रसूति गराउने अस्पताल भरतपुर अस्पताल रहेको बताइएको छ । अस्पतालमा आठ प्रसूति रोग विशेषज्ञ छन् ।

अस्पतालको निरीक्षणका क्रममा मरासिनीले कम्तीमा ५० श्ययाको प्रसूतिरोग विभाग जरुरत रहेको बताउनुभयो । त्यसैगरी जनशक्ति अभाव रहेको, आकस्मिक कक्ष साँघुरो भएको बताउँदै एमआरआई, क्याथल्याब र मानव अंग प्रत्यारोपणका लागि आवश्यक उपकरण व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

वर्षात्को समयमा पानी जमेर अस्पताल अस्तव्यस्त हुने हुँदा ढलका लागि पनि पहल गरिदिन उहाँले आग्रह गर्नुभयो । भरतपुर अस्पतालमा चितवन र छिमेकी जिल्लाबाट वर्षमा दुई लाख भन्दा बढीले उपचार सेवा लिँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न मन्त्री पौडेलको निर्देशन

    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे

सरकारी अस्पतालमा लाइन बस्न नपर्ने बनाउँछौं : प्रदीप पौडेल

    नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा

जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी

    जङ्गली च्याउ खाँदा मकवानपुरमा ३ जनाको मृत्यु भएको छ भने १६

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

    ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालि बीच बैंकको