महिला बिरामी बढेपछि निःशुल्क शिविर एक महिनासम्म



स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीको चाप बढेपछि भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालले सञ्चालन गर्दै आएको स्त्रीरोग सम्बन्धी वृहत निःशुल्क स्वास्थ्य शिविरको समय थप एक महिनासम्म बढाइएको छ ।

अस्पतालले गतसाउन १५ देखि भदौं १५ गतेसम्मका लागि सञ्चालन गर्ने भनिएको उक्त शिविर आगामी असोज ३१ गतेसम्मका लागि थप गरिएको अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले आज जानकारी दिनुभयो ।

अस्पतालले शिविरका लागि दुईजना स्त्रीरोग विशेषज्ञसहितको टोली खटाएर दैनिक ६० जनासम्म बिरामीको स्वास्थ्य परीक्षण गरिहेको उहाँले जानकारी दिनुभयो ।

व्यवस्थापक मारिखुले भन्नुभयो–“अस्पतालले सामाजिक सेवा अन्तर्गत सञ्चालन गरेको एक महिने स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको चाप बढेपछि समय थप गरेका हौ, शिविर अब असोज ३१ गतेसम्म सञ्चालन हुनेछ ।”

एक महिनाको अवधिमा एक हजार भन्दा बढीले शिविरबाट स्वास्थ्य लाभ गरेकामा सात जनाको शल्यक्रिया गरिएको जानकारी दिंदै उहाँले शिविरमा आएका बिरामीको शल्यक्रिया गर्दा भने लाग्ने शुल्कमा ६० प्रतिशत छुट गरिएको बताउनुभयो ।

शिविरमा ल्याब सेवामा पनि छुट दिइएको छ । त्यसैगरी अस्पतालले शिविरमा पित्तथैली सम्बन्धी स्वास्थ्य सेवा र परामर्श पनि दिइएको छ । थपिएको अवधिमा करिब आठ सयदेखि एक हजारलाई सेवा दिने अस्पतालको लक्ष्य छ ।

शिविरमा आमाको कोखमा बच्चा नबस्ने, तल्लो पेट दुखिरहने, महिनावारी गडबडी समस्यालगायतको जाँच, भिडियो एक्सरे सेवा, भिडियो दुर्बिनबाट पाठेघरको शल्यक्रिया, ओभरियन प्रविधिको प्रयोग गरिएको छ ।

 

प्रकाशित मिति : २१ भाद्र २०७४, बुधबार  ०७ : १८  बजे

प्रतिक्रिया दिनुहोस
३० वर्ष पुग्दा तीन सन्तान पाइसक्नुस् : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए

काठमाडौंको बौद्धमा आगलागी, एक महिलाको जलेर मृत्यु

  काठमाडौंको बौद्धमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । बौद्धस्थित

डाक्टरको आन्दोलनले बिरामी अलपत्र

    नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामीहरु

सुरक्षित खानेपानी तथा सरसफाइ सेवा पुर्‍याउन अपरिहार्य : मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले मुलुकको कुल जनसङ्ख्याको करिव ६६ प्रतिशत शहरी जनसङख्या र बाँकी