महिला बिरामी बढेपछि निःशुल्क शिविर एक महिनासम्म



हाम्रो इकोनोमि

स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीको चाप बढेपछि भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालले सञ्चालन गर्दै आएको स्त्रीरोग सम्बन्धी वृहत निःशुल्क स्वास्थ्य शिविरको समय थप एक महिनासम्म बढाइएको छ ।

अस्पतालले गतसाउन १५ देखि भदौं १५ गतेसम्मका लागि सञ्चालन गर्ने भनिएको उक्त शिविर आगामी असोज ३१ गतेसम्मका लागि थप गरिएको अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले आज जानकारी दिनुभयो ।

अस्पतालले शिविरका लागि दुईजना स्त्रीरोग विशेषज्ञसहितको टोली खटाएर दैनिक ६० जनासम्म बिरामीको स्वास्थ्य परीक्षण गरिहेको उहाँले जानकारी दिनुभयो ।

व्यवस्थापक मारिखुले भन्नुभयो–“अस्पतालले सामाजिक सेवा अन्तर्गत सञ्चालन गरेको एक महिने स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको चाप बढेपछि समय थप गरेका हौ, शिविर अब असोज ३१ गतेसम्म सञ्चालन हुनेछ ।”

एक महिनाको अवधिमा एक हजार भन्दा बढीले शिविरबाट स्वास्थ्य लाभ गरेकामा सात जनाको शल्यक्रिया गरिएको जानकारी दिंदै उहाँले शिविरमा आएका बिरामीको शल्यक्रिया गर्दा भने लाग्ने शुल्कमा ६० प्रतिशत छुट गरिएको बताउनुभयो ।

शिविरमा ल्याब सेवामा पनि छुट दिइएको छ । त्यसैगरी अस्पतालले शिविरमा पित्तथैली सम्बन्धी स्वास्थ्य सेवा र परामर्श पनि दिइएको छ । थपिएको अवधिमा करिब आठ सयदेखि एक हजारलाई सेवा दिने अस्पतालको लक्ष्य छ ।

शिविरमा आमाको कोखमा बच्चा नबस्ने, तल्लो पेट दुखिरहने, महिनावारी गडबडी समस्यालगायतको जाँच, भिडियो एक्सरे सेवा, भिडियो दुर्बिनबाट पाठेघरको शल्यक्रिया, ओभरियन प्रविधिको प्रयोग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

    स्वास्थ्य उपचारलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ किस्ट...