घरघरैमै गएर बिरामीको उपचार



हाम्रो इकोनोमि

गोरखाको धार्चे गाउँपालिका–३ उहियाको खोर्लाका २०० घरधुरीमा रहेका मौसमी रुघाखोकी र ज्वरोका बिरामीको उपचार शुरु गरिएको छ ।

उहिया स्वास्थ्य चौकीका तीनजना स्वास्थ्यकर्मीले घरघरै पुगेर बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि उपलब्ध गराउन थालेका हुन् ।

शनिबार २५० जना बिरामीको उपचार गरिएको जनस्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीले जानकारी दिनुभयो । दानीले भन्नुभयो, “बिरामी स्वास्थ्य चौकी नआउने, बिरामी खोज्दै स्वास्थ्यकर्मी गाउँ–गाउँ, घर–घर पुग्नुपर्ने बाध्यता छ ।” धार्चे–३ का वडाध्यक्ष इन्द्रप्रसाद गुरुङले टहरोमा बस्दै आएका करिब २०० गाउँले रुघाखोकी, ज्वरोबाट बिरामी रहेको बताउनुभयो ।

स्वास्थ्य चौकीमा पर्याप्त औषधि छैन । वडाध्यक्ष गुरुङका अनुसार स्वास्थ्य चौकी प्रमुखले सदरमुकामबाट औषधि ल्याएको भए पनि खच्चडबाट ढुवानी गर्नुपर्दा गाउँसम्म ल्याइपु¥याउन सकिएको छैन । उहियामा सडक पहुँच छैन । सामग्री ढुवानीका लागि मान्छे वा खच्चडको भर पर्नुपर्छ । खोर्लाबाट सात घण्टाको दूरीमा स्वास्थ्य चौकी रहेको छ ।
यसअघि बारपाकमा मौसमी रुघाखोकी, ज्वरो र निमोनियाका कारण ६०० भन्दा बढी बिरामी परेका थिए । अहिले बारपाकमा सिजनल फ्लुको महामारी नियन्त्रणमा आइसकेको चिकित्सकले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...