मौसमी भाइरलको सङ्क्रमण बढेपछि स्वास्थ्य शिविर सञ्चालन



मौसममा आएको परिवर्तनका कारण जाजरकोटमा मौसमी भाइरलको सङ्क्रमण बढेको छ ।

दिनप्रतिदिन मौसम परिवर्तन भइरहँदा जिल्लाका स्वास्थ्य संस्थाहरुमा बरामीको सङ्ख्या अत्यधिक बढेको छ । जिल्लामा अहिले रुघाखोकी, पखाला, ज्वरो, टाइफाइड लगायतका मौसमी रोगका बिरामीको सङ्ख्या उच्च छ ।

मौसमी भाइरलको सङ्क्रमण बढेपछि जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटबाट बिहीबार गएको स्वास्थ्यकर्मीसहितेको टोलीले शुक्रबार दिउँसोदेखि त्रिवेणीनलगाड नगरपालिका–५ स्थित सरस्वती प्रावि मुलीमा शिविर सञ्चालन गरी उपचार शुरु गरेको छ । शिविरमा ९० जनाको स्वास्थ्य उपचार गरिएकोमा तीमध्ये २० जना सिकिस्त बिरामी फेला परेको स्वास्थ्यचौकी लहँका अहेव हेमन्त रावलले जानकारी दिनुभयो ।

सिकिस्त बिरामीलाई स्वास्थ्यकर्मीको निगरानीमा उपचार भइरहेको रावलले बताउनुभयो । आज इन्द्रधनुष प्राथमिक विद्यालय पोख्रामा थप केन्द्र विस्तार गरी उपचार कार्य शुरु गरिएको छ । बिहानैबाट शुरु भएको बिरामीको स्वास्थ्य उपचार कार्य अहिले जारी रहेको रावलले बताउनुभयो । उपचार गर्दागर्दै औषधि सकिएका कारण थप औषधि लिन लहँ स्वास्थ्य चौकीमा कार्यालय सहयोगीलाई पठाएको उहाँले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयबाट थप स्वास्थ्यकर्मीको टोली गएर आज बिहानैदेखि मुलीमै उपचार कार्यमा लागेको नेकपा माओवादी केन्द्रका जिल्ला कार्यसमिति सदस्य प्रशान्त शर्माले जानकारी दिनुभयो ।

सो शिविरमा अहिलेसम्म ६० जनाको उपचार भइसकेको डा सञ्जय थापाले बताउनुभयो । डाक्टर थापासहित चार जना स्वास्थ्यकर्मीको टोली उपचारमा खटिएको छ । अहिलेसम्म थर्ममिटर र कम्पासकै भरमा उपचार भएको छ, खकार, रगत जाँच गर्ने उपकारण नभएका कारण अनुमानकै भरमा उपचारमा जुटेको रावलले बताउनुभयो ।

मौसममा सुधार नआएका कारण उपचारमा समस्या उत्पन्न भएको छ भने गाउँमै उपचार गर्न पाएपछि स्थानीय खुशी भएका छन् ।

राससबाट बिहीबार ‘गाउँलेले उपचार नपाउँदा समस्या’ भन्ने समाचार प्रकाशित भएपछि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

अमेरिकाले फर्काइदिएका नेपालीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा

  अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएका आठैजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले मानव बेचबिखन

आज भैरहवाको तापक्रम ३४ डिग्री सेल्सियस

  शभर तापक्रम बढ्न थालेको छ । आज देशभरका नौ स्थानको अधिकतम तापक्रम

पारस शाहलाई हृदयघात , नर्भिक अस्पताल भर्ना

    पूर्वयुवराज पारस शाहलाई हदृयघात भएको छ । शाहलाई आइतबार बेलुका हृदयघात