मिर्गौला रोगीलाई दश लाख सहयोग



हाम्रो इकोनोमि

दुवै मिर्गौला फेल भएका चितवन खैरहनीका हरेराम महतोलाई बचाउन आर्थिक संकलन अभियान शुरु गरिएको छ ।

यहाँको सिर्जनशील थारु समाजले शुरु गरेको अभियानका क्रममा करिब रु १० लाख सहयोग संकलन भएको समाजका अध्यक्ष कारी महतोले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुग्नुभएका चितवनको खैरहनी नगरपालिका– १ बहेराका हरेरामको चार महिना अघि दुवै मिर्गौला काम नलाग्ने भएपछि घर फर्किएका थिए । पैँतीस वर्षीय हरेरामको काठमाडौँस्थित वीर अस्पतालमा उपचार भइरहेको छ । उहाँको मिर्गौलाको डायलासिस भने नेशनल डायलासिस सेन्टर वसुन्धरामा चलिरहेको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १ का मित्रमणि कँडेल र नवलपरासी गैँडाकोट नगरपालिका– ५ गणेश मन्दिर बस्ने देवेन्द्र पुन मगरले पोर्चुगलमा आर्थिक संकलन गरी शनिबार मात्रै रु दुई लाख सहयोग पठाएको कारीले जानकारी दिनुभयो ।

पोर्चुगलमा रहेका विभिन्न व्यक्ति र समूहबाट संकलन गरेर पठाएको रु दुई लाख खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी र मित्रमणिका बुबा डम्बरप्रसाद कँडेलले पीडितकी आमा शनिचरी महतोलाई हस्तान्तरण गरिएको थियो ।

आर्थिक सहयोग संकलन हुनेक्रम अझै जारी रहेको र अहिलेसम्म रु १० लाख जति संकलन भएको जनाइएको छ ।
दक्षिण कोरियाबाट रु ८० हजार, अष्ट्रेलियाबाट दुईपटक गरी रु ७५ हजार, अमेरिकाबाट रु एक लाख ३५ हजार, क्यानडाबाट रु ४० हजार तथा साउदी, दुबई, कतार र मलेसयाबाट समेत सहयोग आएको अभियान्ता कारी महतोले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

    स्वास्थ्य उपचारलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ किस्ट...