मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा



हाम्रो इकोनोमि

मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा शुरु भएको छ । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर– ३ का सांसद कृष्णप्रसाद सिटौलाले आज यहाँ आयोजित कार्यक्रममा सो सेवा शुभारम्भ गर्नुभयो ।

मेची अस्पतालमा शुरु भएको यो सेवाले विपन्न मिर्गौला रोगीका लागि सहज रुपमा सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै उहाँले डायलोसिस गर्न नपाएर अकालमै मृत्यु हुनुपर्ने अवस्था यो सेवाले अन्त्य गर्ने बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रू ५० लाखको लागतमा होमोडायलोसिस सेवा सञ्चालन गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट पिताम्बर ठाकुरले जानकारी दिनुभयो ।

चारवटा मेसिनबाट सेवा सुरु गरिएको र दैनिक कम्तीमा आठ जनाले सेवा पाउने उहाँले बताउनुभयो । उक्त अस्पतालले आजैदेखि भिडियो इण्डोस्कोपी सेवा पनि सञ्चालनमा ल्याएको छ । रु ३० लाखको लागतमा सो उपकरण खरिद गरी सेवा शुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेलले जानकारी दिनुभयो । भिडियो इण्डोस्कोपी सेवा शुरु भएसँगै ग्याष्ट्रिक, अल्सर, क्यान्सरलगायत रोगको पहिचान र उपचार गर्न सहज हुने डा ठाकुरले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...