बाढी प्रभावित क्षेत्रमा रोगको समस्या



हाम्रो इकोनोमि

बाँके । बाँके जिल्लाका बाढी प्रभावित क्षेत्रहरुमा भाइरल रोगको प्रकोप देखा परेको छ ।

जिल्लाको राप्तीसोनारी, डुडुवा, नरैनापुर र खजुरा गाउँपालिकाका विभिन्न ठाउँमा बाढीबाट विस्थापितलाई ज्वरो, रुघाखोकी, झाडापखालालगायत रोगको संक्रमण फैलिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले आवश्यक औषधिसहित चिकित्सक र स्वास्थ्यकर्मी विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरेको जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्काले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय तहअन्तर्गत विभिन्न प्रभावित क्षेत्रमा आठवटा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । उहाँले भन्नुभयो, “दूषित पानीको प्रयोगले बाढीपीडितमा भाइरल ज्वरो देखिएको छ, औषधिसहितको चिकित्सक टोली परिचालन भइसकेका छन् ।”

राप्ती नदी र विभिन्न खोलामा आएको बाढीले करिब जिल्लाका नौ हजार ५०० परिवार प्रभावित भएको जनस्वास्थ्यले जनाएको छ । सो कार्यालयका अनुसार प्रभावित क्षेत्रमा झाडापखाला, ज्वरो आउने, टाउको दुख्ने, आँखा पाक्ने र छालामा खटिराको समस्या बढी देखिएको छ ।

अहिलेसम्म प्रभावित क्षेत्रका करिब ५०० भन्दा बढी बिरामीको उपचार गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...