बाढी प्रभावित क्षेत्रमा रोगको समस्या



बाँके । बाँके जिल्लाका बाढी प्रभावित क्षेत्रहरुमा भाइरल रोगको प्रकोप देखा परेको छ ।

जिल्लाको राप्तीसोनारी, डुडुवा, नरैनापुर र खजुरा गाउँपालिकाका विभिन्न ठाउँमा बाढीबाट विस्थापितलाई ज्वरो, रुघाखोकी, झाडापखालालगायत रोगको संक्रमण फैलिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले आवश्यक औषधिसहित चिकित्सक र स्वास्थ्यकर्मी विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरेको जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्काले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय तहअन्तर्गत विभिन्न प्रभावित क्षेत्रमा आठवटा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । उहाँले भन्नुभयो, “दूषित पानीको प्रयोगले बाढीपीडितमा भाइरल ज्वरो देखिएको छ, औषधिसहितको चिकित्सक टोली परिचालन भइसकेका छन् ।”

राप्ती नदी र विभिन्न खोलामा आएको बाढीले करिब जिल्लाका नौ हजार ५०० परिवार प्रभावित भएको जनस्वास्थ्यले जनाएको छ । सो कार्यालयका अनुसार प्रभावित क्षेत्रमा झाडापखाला, ज्वरो आउने, टाउको दुख्ने, आँखा पाक्ने र छालामा खटिराको समस्या बढी देखिएको छ ।

अहिलेसम्म प्रभावित क्षेत्रका करिब ५०० भन्दा बढी बिरामीको उपचार गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
माधव नेपालको मुटुमा समस्या, अस्पतालमा भर्ना

    पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल अहिले त्रिवि शिक्षण अस्पताल

पेन किलर खाँदाखाँदा किड्नी फेल भयो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको कारण सुनाएका छन्

नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी

    नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२