बाढी प्रभावित क्षेत्रमा हैजाको खतरा



हाम्रो इकोनोमि

इटहरी । अविरल वर्षापछि आएको बाढीले इटहरी उपमहानगरपालिका–४, ९ र १० मा ठूलो जनधनको नोक्सानी भएको छ । ती क्षेत्रमा ठूलो संख्यामा पशुपक्षीसमेत मरेकाले घाम लाग्नासाथ बूढीखोला क्षेत्रमा ब्यापकरुपमा दुगन्ध फैलिएको छ ।

त्यो क्षेत्रमा उद्धार र मानवीय सेवाका लागि त्यहाँ पुगेका सेवाग्राहीमा समेत हैजाको त्रास देखिएको छ । सबैभन्दा बढी नोक्सानी भएको इटहरीको यो क्षेत्रमा नेपाली सेना सशस्त्र प्रहरी र जनपथ प्रहरीसँगै विभिन्न राजनीतिक दल सामाजिक सङ्गघ संस्थालगायतले पुरिएका र भत्किँएका घरको उत्खनन गर्ने कार्यमा संलग्न मानिसमा पनि हैजाको संक्रमण फैलन सक्ने अवस्था रहेको छ ।

इटहरीको बूढीखोला किनारमा मात्र झण्डै दुई हजार मानिस विस्थापित भएका र ती सबै अहिले इटहरी उपमहानगरपालिका क्षेत्रका मन्दिर, विद्यालय एवं अन्य स्थानमा आपत्कालीन शरणमा बसेका पीडितमा स्वास्थ्य समस्या देखिएको छ । त्यहाँ अत्यावश्यक औषधि आवश्यक रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

बूढीखोला पूर्व र पश्चिमपट्टिको मानव बस्तीमा बाढीमा परेर कति चौपाया बगेर बेपत्ता भए वा पुरिए भन्ने अझै पनि तथ्यांक सार्वजनिक भएको छैन । ती बस्तीका घरपालुवा गाईभैँसी बाख्रा सुगुरसमेत धेरै बाढीको लेदोमा पुरिएको तथा बाढीमा परेर बेपत्ता भएका मानिसको समेत शव फेला नपरेकाले त्यो क्षेत्रमा दुर्गन्ध फैलिएको छ ।

बाढीबाट विस्थापित परिवारका घर तत्काल बसोवास गर्नसक्ने अवस्थामा नरहेकाले तिनको मर्मत र पुनःनिर्माण गर्ने कार्यमा करोडाँै लाग्नसक्ने अनुमान गरिएको छ । बाढीग्रस्त क्षेत्रमा पिउने पानी व्यवस्थापन वा सहयोग गरिदिन बाढी प्रभावितले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ओमकार आयल इन्डस्ट्रिजका सञ्चालक विजय श्रेष्ठ पक्राउ

    सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । छहारी...

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

    किष्ट मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गतको किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरले २००...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...