डा.केसी अर्धचेत अवस्थामा पुगे,उनको निगरानीमा बसेका डाक्टर भन्छन- कति खेर के हुने हो?



हाम्रो इकोनोमि

यसअघि १० पटकसम्म चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशन बसेका डा. गोविन्द केसीको अनशनको आज २३ दिन पुगेको छ। डा. केसीको यो अहिलेसम्मकै लामो अनशन हो। यसअघि बढीमा २२ दिनसम्म अनसन बसेका थिए । यो डा. केसीको ११औं अनशन हो जुन आज२३ दिन पुगेको छ।

डा. केसीको मागमा सरकारले सम्झौता गर्दै तोड्दै जाने क्रम बढेपछि यसपटक डा. केसी चिकित्सा शिक्षा विधेयक पास नभई अनशन नतोड्ने बटमलाइनमा छन्। डा. केसीले ११ पटकसम्म गरी एक सय ४० दिन अनशन बसिसकेका छन्।

अनशनको २३ दिनसम्म आइपुग्दा डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भैसकेको छ। उनलाई तत्कालै आइसियूमा राख्नुपर्ने अवस्था आएको छ। तर, डा. केसी आफू होसमा रहुन्जेल कुनै पनि हालतमा आइसियूमा नजाने अडानमा छन्। उनको निगरानी गरेर बसेका डाक्टरहरुले केसीलाई तत्काल आइसियूमा लगेर उपचार नथाले दुर्घटना हुन सक्ने बताएका छन्। उनको अवस्था के हुने हो त्यो यकिन हुन् सकेको छैन

उनको शरीरमा चिनीको मात्रा, इलेक्ट्रोलाइट र रगतमा सेतो रक्तकोशिका संख्या समेत सामान्य स्तरभन्दा निकै तल गइसकेको छ। सोमबार अचानक अक्सिजन स्याचुरेसन घट्नुका साथै छातीको पीडा असह्य भएका कारण डा. केसीलाई जसरी पनि आइसियूमा लैजानैपर्ने अवस्था सिर्जित भएको चिकित्सकले बताएका छन्।उनी अर्धचेत अवस्थामा रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको कलेजो प्रत्यारोपण सफल

    नेपालमा पहिलो पटक निजी अस्पतालको संरचनामा ५ वर्षीया बालिकाको सफल बाल...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

बुढानीलकण्ठ नगरपालिका–२ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

      बुढानीलकण्ठ नगरपालिका वडा नम्बर -२ मा निःशुल्क पाठेघरको मुख तथा...

डाक्टर सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द

    नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले आकस्मिक बाहेकका...