डा.केसी अर्धचेत अवस्थामा पुगे,उनको निगरानीमा बसेका डाक्टर भन्छन- कति खेर के हुने हो?



यसअघि १० पटकसम्म चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशन बसेका डा. गोविन्द केसीको अनशनको आज २३ दिन पुगेको छ। डा. केसीको यो अहिलेसम्मकै लामो अनशन हो। यसअघि बढीमा २२ दिनसम्म अनसन बसेका थिए । यो डा. केसीको ११औं अनशन हो जुन आज२३ दिन पुगेको छ।

डा. केसीको मागमा सरकारले सम्झौता गर्दै तोड्दै जाने क्रम बढेपछि यसपटक डा. केसी चिकित्सा शिक्षा विधेयक पास नभई अनशन नतोड्ने बटमलाइनमा छन्। डा. केसीले ११ पटकसम्म गरी एक सय ४० दिन अनशन बसिसकेका छन्।

अनशनको २३ दिनसम्म आइपुग्दा डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भैसकेको छ। उनलाई तत्कालै आइसियूमा राख्नुपर्ने अवस्था आएको छ। तर, डा. केसी आफू होसमा रहुन्जेल कुनै पनि हालतमा आइसियूमा नजाने अडानमा छन्। उनको निगरानी गरेर बसेका डाक्टरहरुले केसीलाई तत्काल आइसियूमा लगेर उपचार नथाले दुर्घटना हुन सक्ने बताएका छन्। उनको अवस्था के हुने हो त्यो यकिन हुन् सकेको छैन

उनको शरीरमा चिनीको मात्रा, इलेक्ट्रोलाइट र रगतमा सेतो रक्तकोशिका संख्या समेत सामान्य स्तरभन्दा निकै तल गइसकेको छ। सोमबार अचानक अक्सिजन स्याचुरेसन घट्नुका साथै छातीको पीडा असह्य भएका कारण डा. केसीलाई जसरी पनि आइसियूमा लैजानैपर्ने अवस्था सिर्जित भएको चिकित्सकले बताएका छन्।उनी अर्धचेत अवस्थामा रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न मन्त्री पौडेलको निर्देशन

    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे

सरकारी अस्पतालमा लाइन बस्न नपर्ने बनाउँछौं : प्रदीप पौडेल

    नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा

जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी

    जङ्गली च्याउ खाँदा मकवानपुरमा ३ जनाको मृत्यु भएको छ भने १६

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

    ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालि बीच बैंकको