केसीका मागबारे छलफल गर्न देउवाले बोलाए बैठक, बैठकमा को-को छन् ?



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीको मागको सम्बन्धमा छलफल गर्नका लागि छलफल सुरु गरेका छन् । डा. केसीको मागका सम्बन्धमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सरकारी वार्ता टोलीका सदस्यहरुसँग छलफल सुरु गरिएको हो।

उ्रक्त छलफलमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, स्वास्थ्य सचिव डा. किरण रेग्मी, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सचिव सहभागी रहेका छन् । बैठक दिउँसो ३ बजेबाट सुरु भएको हो। चिकित्सा शिक्षा विधेयकको विषयमा छलफल केन्द्रित रहेको बताइए पनि छलफलमा डा केसी पक्षका वार्ता टोलीलाई भने बोलाइएको छैन।

डा. केसीले संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकमा असहमति जनाउदै २१ दिनदेखि ११औँ आमरण अनशनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको कलेजो प्रत्यारोपण सफल

    नेपालमा पहिलो पटक निजी अस्पतालको संरचनामा ५ वर्षीया बालिकाको सफल बाल...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

बुढानीलकण्ठ नगरपालिका–२ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

      बुढानीलकण्ठ नगरपालिका वडा नम्बर -२ मा निःशुल्क पाठेघरको मुख तथा...

डाक्टर सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द

    नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले आकस्मिक बाहेकका...