केसीका मागबारे छलफल गर्न देउवाले बोलाए बैठक, बैठकमा को-को छन् ?



प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीको मागको सम्बन्धमा छलफल गर्नका लागि छलफल सुरु गरेका छन् । डा. केसीको मागका सम्बन्धमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सरकारी वार्ता टोलीका सदस्यहरुसँग छलफल सुरु गरिएको हो।

उ्रक्त छलफलमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, स्वास्थ्य सचिव डा. किरण रेग्मी, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सचिव सहभागी रहेका छन् । बैठक दिउँसो ३ बजेबाट सुरु भएको हो। चिकित्सा शिक्षा विधेयकको विषयमा छलफल केन्द्रित रहेको बताइए पनि छलफलमा डा केसी पक्षका वार्ता टोलीलाई भने बोलाइएको छैन।

डा. केसीले संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकमा असहमति जनाउदै २१ दिनदेखि ११औँ आमरण अनशनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस
दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न मन्त्री पौडेलको निर्देशन

    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे

सरकारी अस्पतालमा लाइन बस्न नपर्ने बनाउँछौं : प्रदीप पौडेल

    नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा

जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी

    जङ्गली च्याउ खाँदा मकवानपुरमा ३ जनाको मृत्यु भएको छ भने १६

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

    ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालि बीच बैंकको