स्वास्थ्य चौकीले एम्बुलेन्स सञ्चालन ग¥यो



हाम्रो इकोनोमि

बागलुङ । बागलुङ नगरपालिका– १३ स्थित पैयुँपाटा स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

एम्बुलेन्स सेवाबाट बलेवा क्षेत्रका अन्य वडाका बासिन्दा पनि लाभान्वित हुनेछन् । रु ३० लाख मूल्यको उक्त एम्बुलेन्स स्वास्थ्य मन्त्रालयले निःशुल्क उपलब्ध गराएको स्वास्थ्य चौकी प्रमुख सुशील पौडेलले बताउनुभयो ।

 

एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि तयार पारिने स्वास्थ्य चौकीका संरक्षक एवं वडाध्यक्ष नारायण शर्मा पौडेलले बताउनुभयो । “बलेवा क्षेत्रका तीन वार्डसँगै छिमेकका बासिन्दाले समेत सेवा पाउनेछन्” अध्यक्ष पौडेलले भन्नुभयो’ “व्यवस्थित रुपले एम्बुलेन्स सञ्चालन गर्छौं ।”

जिल्लामा स्वास्थ्य चौकीले एम्बुलेन्स चलाएको सम्भवतः यो नै पहिलो हो । धौलागिरि अञ्चल अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य तथा सामाजिक संस्थाले एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् । कतिपय एम्बुलेन्स सेवा भने व्यवस्थापनको कमजोरीले बन्द अवस्थामा छन् ।

 

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...