मानवअधिकार समितिको बैठकमा शिक्षा र स्वास्थ्यमन्त्री नै आएनन्



काठमाडौँ । शिक्षा र स्वास्थ्यमन्त्री नआउँदा अनशनरत डा गोविन्द केसी सम्बन्धित विषय सामाजिक तथा मानवअधिकार समितिमा छलफल हुन सकेन ।

समितिले आज उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई डा केसीको अनशन र जीवन रक्षाका बारेमा छलफलका लागि आज बिहान ११ बजे बोलाएको थियो ।

समितिका सभापति सुशीलकुमार श्रेष्ठले सम्बन्धित विषयका विभागीय मन्त्री समितिले बोलाएको बैठकमा नआएर छलफलको विषयलाई हल्का ढंगबाट लिई सार्वभौम संसद्लाई अपमान गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘केसीले उठाएका विषयलाई यसअघि नै सरकारले उचित हो भन्दै सम्झौता गर्ने, अनि कार्यान्वयन गर्न नसक्नुका समस्या के हो रु, १५ दिनदेखि ११ औँ पटक अनशन बस्ने अवस्था आउनुको कारण के हो रु भन्ने विषयमा छलफलका लागि समितिमा बोलाएको हो तर उहाँहरु नआउँदा हामीले समितिको अपमान सम्झेका छौँ ।’’

समितिले बोलाएको बैठकमा सहभागी हुन शिक्षामन्त्रीले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ तथा स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठलाई पठाएको थियो ।

तर समितिका सभापति श्रेष्ठले गम्भीर विषय भएकाले मन्त्रीलाई सहभागी हुन बोलाइएकाले उहाँहरुसँग छलफल नगर्ने भन्दै अर्को पटकका लागि उक्त विषयको छलफल स्थगित भएको जानकारी गराउनुभएको थियो ।
यसी साउन २६ गते बस्ने समितिको अर्को बैठकमा अनिवार्य उपस्थित हुन दुबै मन्त्रीलाई समितिले निर्देशन पनि दिएको छ ।

डा गोविन्द केसी चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित हुनुपर्नेलगायतका माग राखी १५ दिनदेखि अनशनमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न मन्त्री पौडेलको निर्देशन

    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे

सरकारी अस्पतालमा लाइन बस्न नपर्ने बनाउँछौं : प्रदीप पौडेल

    नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा

जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी

    जङ्गली च्याउ खाँदा मकवानपुरमा ३ जनाको मृत्यु भएको छ भने १६

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

    ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालि बीच बैंकको