स्क्रब टाइफसले चितवनमा बढी संक्रमण



चितवन । नेपालमा विभिन्न २७ जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण भेटिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माका अनुसार पछिल्लो प्रतिवेदनबाट २७ जिल्लामा संक्रमण फैलिएको देखिएको हो ।

साउन महिनाको अहिलेसम्म १०४ जना संक्रमित भएको पाइएको र यो बढ्दो क्रममा रहेको डा शर्माले बताए । सबैभन्दा बढी चितवनमा संक्रमण पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जिल्लामा साउन १९ गतेसम्म २४३ जनाको परीक्षण गरिएको र ६१ जनामा स्क्रब टाइफस भेटिएको बताए ।

चितवनको भरतपुर अस्पतालमा २२, रत्ननगर अस्पतालमा तीन, नारायणी सामुदायिक अस्पतालमा २५ र चितवन मेडिकल कलेजमा ११ जनामा रोग फेला परेको केसीको भनाइ छ । इपिडिमियोलोजी शाखाका प्रमुख शर्माका अनुसार अघिल्लो वर्ष नेपालमा ८३१ जना यो रोगबाट संक्रमित भएकामा १४ जनाको मृत्यु भएको थियो । चितवनमा भने १०९ जनामा संक्रमितमध्ये चारजनाको ज्यान गएको थियो ।

ज्वरो आएपछि औषधि पसलमा गएर औषधि खाने र अलि जटिल भएपछि मात्रै अस्पताल जाने गर्दा जटिलता पैदा हुने गरेको भन्दै उहाँले सामान्य ज्वरो आउनेबित्तिकै स्वास्थ्य संस्था जान सर्वसाधारणलाई आग्रह गरे । समयमै अस्पताल गए रोग निको हुने उनको भनाइ छ ।

माइट नामको एक प्रकारको सूक्ष्म किराले टोकेमा यो रोग सर्छ । यो रोग किटाणु मुसाको कानमा बस्ने गर्छ । एउटा माइटमा रोग संक्रमण भएपछि फुलमा सर्ने र यसको संक्रमण २४ पुस्तासम्म जाने अध्ययनले देखाएको शर्माले बताए । मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्छ । यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीरमा पीडा हुने गर्छ ।

 

प्रतिक्रिया दिनुहोस
दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न मन्त्री पौडेलको निर्देशन

    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे

सरकारी अस्पतालमा लाइन बस्न नपर्ने बनाउँछौं : प्रदीप पौडेल

    नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा

जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी

    जङ्गली च्याउ खाँदा मकवानपुरमा ३ जनाको मृत्यु भएको छ भने १६

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

    ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालि बीच बैंकको