ज्यानमारा अस्पतालले लियो अर्की महिलाको ज्यान,स्वास्थमन्त्रीको किन पुगेन ध्यान



हाम्रो इकोनोमि

चर्चित डाक्टर भोला रिजाल संलग्न ओम अस्पतालमा चरम लापरबाही हुन थालेको छ।मर्ने अवस्था नभएका दर्जन बिरामी ४ महिनाको अन्तरालमा मरे पछी उक्त अस्पताल प्रतिको भरोशा घट्न थालेको हो ।एक बर्षको अबधीमा अरु ७ जना सुत्केरीले अस्पतालको लापरबाहीका कारण ज्यान गुमाउनु परेको छ । ती सबै घटनामा अस्पतालले गल्ती भएको स्वीकार गरिसकेको छ। पुग नपुग एक महिना पहिले सोही अस्पतालमा अप्रेशन गरेकी महिलाको मृत्यु भएको थियो।फेरी हिजो ओम अस्पतालमै पत्थरीको उपचार गर्न पुगेकी महिलाको मृत्यु भएको हो ।

 

अारूघाटकी स्थायी बासिन्दा ५० वर्षीय नन्दकुमारी लामिछानेको मृत्यु भएको हो । उनी पत्थरीको उपचारका लागि हिजो साझ ६ बजे अस्पताल पुगेकी थिइन । भने, करिब साँझ ८ बजे अपरेशन सफल भएकाे जानकारी अस्पतालले जनाएको थियाे । तर , मध्य रातको १ बजे विरामीकाे मृत्यु भयो भन्ने विरामीका अाफन्तले जानकारी पाए । उपचारका क्रममा लामिछानेको मृत्यु भएपछि उनका आफन्त, गाउँले लगायत अहिले अस्पताल परिसरमा भेला भएका छन् । डाक्टर कमल काेइरालाको नेतृत्वको टोलीले लामिछानेको उपचार गरेका थिए । सम्भावित दुर्घटनालाई मध्यनजर गर्दे अहिले अस्पताल बन्द गरिएकाे छ । साथै अस्पताल परिसरमा उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। उक्त अस्पतालका अध्यक्ष कमल थापा अध्यक्ष रहेको राप्रपाका नेता तथा गोपीकृष्ण हलका मालिक उद्धब पौडेल रहेको बुझिएको छ।

 

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको कलेजो प्रत्यारोपण सफल

    नेपालमा पहिलो पटक निजी अस्पतालको संरचनामा ५ वर्षीया बालिकाको सफल बाल...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

बुढानीलकण्ठ नगरपालिका–२ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

      बुढानीलकण्ठ नगरपालिका वडा नम्बर -२ मा निःशुल्क पाठेघरको मुख तथा...

डाक्टर सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द

    नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले आकस्मिक बाहेकका...