बारपाकमा गाउँघर क्लिनिकलाई जग्गादान



गोरखाको सुलिकोट गाउँपालिका–२ बारपाकमा गाउँघर क्लिनिक भवन निर्माणका लागि स्थानीयवासी बेगबहादुर गुरुङले रु १० लाख बराबरको तीन आना क्षेत्रफलको जग्गा दान गर्नुभएको छ ।

वडाध्यक्ष रोशनकुमार लाम्गादे र बारपाक स्वास्थ्य चौकी प्रमुख अनिलकुमार साहको पहलमा केयर नेपालले निर्माण गर्न लागेको गाउँघर क्लिनिक निर्माणलाई जग्गा प्राप्त भएको हो ।

जग्गाधनीले हालका लागि जग्गा भोगचलन गर्न पाउने अधिकारसहित लिखित मञ्जुरीनामा दिएको र केही समयपछि मालपोतबाट पास गरेरै जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको साहले बताउनुभयो ।

गाउँघर क्लिनिक निर्माणका लागि लामो समयदेखि जग्गाको खोजी भइरहेको थियो । सोमबार बारपाकमा बसेको बैठकमा जग्गाधनी बेगबहादुरले जग्गा दान दिने बताएपछि जग्गा प्राप्त भएको उहाँको भनाइ छ ।

भूकम्पको केन्द्र गोरखामा केयर नेपालले घरघरै खानेपानी पु¥याउने योजनासहित रु तीन करोडमा खानेपानी आयोजना निर्माण गरिरहेको छ भने स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा पनि कार्यक्रम गर्दै भूकम्प प्रभावितलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न मन्त्री पौडेलको निर्देशन

    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे

सरकारी अस्पतालमा लाइन बस्न नपर्ने बनाउँछौं : प्रदीप पौडेल

    नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा

जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी

    जङ्गली च्याउ खाँदा मकवानपुरमा ३ जनाको मृत्यु भएको छ भने १६

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

    ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालि बीच बैंकको