बारपाकमा गाउँघर क्लिनिकलाई जग्गादान



हाम्रो इकोनोमि

गोरखाको सुलिकोट गाउँपालिका–२ बारपाकमा गाउँघर क्लिनिक भवन निर्माणका लागि स्थानीयवासी बेगबहादुर गुरुङले रु १० लाख बराबरको तीन आना क्षेत्रफलको जग्गा दान गर्नुभएको छ ।

वडाध्यक्ष रोशनकुमार लाम्गादे र बारपाक स्वास्थ्य चौकी प्रमुख अनिलकुमार साहको पहलमा केयर नेपालले निर्माण गर्न लागेको गाउँघर क्लिनिक निर्माणलाई जग्गा प्राप्त भएको हो ।

जग्गाधनीले हालका लागि जग्गा भोगचलन गर्न पाउने अधिकारसहित लिखित मञ्जुरीनामा दिएको र केही समयपछि मालपोतबाट पास गरेरै जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको साहले बताउनुभयो ।

गाउँघर क्लिनिक निर्माणका लागि लामो समयदेखि जग्गाको खोजी भइरहेको थियो । सोमबार बारपाकमा बसेको बैठकमा जग्गाधनी बेगबहादुरले जग्गा दान दिने बताएपछि जग्गा प्राप्त भएको उहाँको भनाइ छ ।

भूकम्पको केन्द्र गोरखामा केयर नेपालले घरघरै खानेपानी पु¥याउने योजनासहित रु तीन करोडमा खानेपानी आयोजना निर्माण गरिरहेको छ भने स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा पनि कार्यक्रम गर्दै भूकम्प प्रभावितलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...