स्वास्थ्य मन्त्री पोखरेलले सार्वजनिक गर्ने प्रतिबद्धता पत्रमा यस्ता छन् ५ प्राथमिकता



हाम्रो इकोनोमि

स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले आफ्नो कार्यकालमा गर्ने कामको प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएका छन्। आमनागरिकलाई महसुस हुनेगरी स्वास्थ्य सेवा सुधार गर्ने योजना रहेको मन्त्री पोखरेलको भनाइ छ।

‘स्वास्थ्यमा मेरा प्रतिबद्धता र प्राथमिकता सार्वजनिक हुनेछन्,’ मन्त्री पोखरेलले भने, ‘सबै काम समयसीमा तोकेर पूरा गर्नेछु।’ मन्त्री पोखरेलले  आफूले तत्काल पाँचबुँदे खाका तयार पारी काम सुरु गरेको बताएका छन्।

आकस्मिक स्वास्थ्य सेवा, सरकारी अस्पतालको सेवा सुधार, निःशुल्क औषधि, जनशक्ति र संघीय संरचनामा स्वास्थ्य सेवाको तत्कालीन व्यवस्थापन अहिले प्राथमिकतामा रहेको उनको भनाइ छ। हाल आकस्मिक रुपमा विभिन्न जिल्लामा देखिएका भाइरल ज्वरो, झाडापखाला, टाइफाइड, स्क्रब टाइफस जस्ता स्वास्थ्य समस्या समाधानका लागि ‘रेपिड रेस्पोन्स टिम’ खटाइएको उनले बताए।

जिल्लामा औषधि अभाव हुन नदिन स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...