फेरि देखियो स्वाइनफ्लु, राजधानीमा एक परिवारको सबै सदस्यमा संक्रमण



राजधानीमा एक परिबारका सबै सदस्यलाई स्वाइनफ्लु देखिएको छ । काठमाडौँ कालिमाटी निवासी एक परिवारका तीन सदस्यमा स्वाइनफ्लु देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराउँदा एच–१ एन –१ ‘पाण्डामिक फ्लुु २००९’ देखिए पछि परिवारै उपचारका लागि टेकुस्थित सहिद शुक्रराज ट्रपिकल अस्पताल पुगेका थिए ।

टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले परीक्षणका क्रममा एक परिबारका सबै सदस्यहरुमा एच–एन– देखिएको भन्दै उपचारको प्रक्रिया अघि बढेको बताए । उनले परिबारका श्रीमान् श्रीमती र विद्यालय तहमा अध्ययन गर्ने एक छोरामा एच–१,एन–१ पोजेटिभ देखिएको बताए ।

यसअघि हिजो मात्रै त्रिवि शिक्षण अस्पतालमा एक जना स्वाइनफ्लु भएका विरामीको ज्यान गएको थियो ।उता स्याङ्जाको वालिङमा संक्रमण बढेपछि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस
गृहमन्त्री र आन्दोलनकारी शिक्षकको पहिलो वार्ता निष्कर्षविहीन, आन्दोलन फिर्ता नहुने

  विद्यालय बन्द गरेर सडकमा आएका शिक्षकहरूसँग सरकारले वार्ता शुरु गरेको छ ।

सरकारी अस्पतालमा चिकित्सकको आन्दोलन, डाक्टरहरुले बन्द गरे देशभर ओपीडी

    नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्दा

संघीय सरकार नर्स र एच. ए. कहाँ पढाउने भनी अल्मलिए पनि बागमतीलाई छुट छैन : डा. देवकोटा

    बागमती प्रदेशसभा सदस्य तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले संघीय

दक्षिण एसियाली मुलुकका शिक्षाकर्मी सम्मानित

      प्रथम ‘सार्क एजुकेसन अवार्ड २०२३’ बाट नेपाल, भारत र भुटानका