राजपा बोक्दै सरकारले ठोक्ने, एमालेले चुनाब अघी जसरी हुन्छ रोक्ने ?



संबिधान संसोधन गर्न दिलो ज्यान दिएर लागेका सत्ताधारीहरुलाई एमालेको अडानले समस्या निम्तने भएको छ र दुई नम्बर प्रदेशको चुनाब नभए सम्म संबिधान संसोधन नहुने लगभग पक्का भएको छ। संसोधनका लागि दुई तिहाई चाहिने व्यवस्था छ त्यो पुग्ने सम्भावना देखिदैन।
एमाले स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्म संविधान संशोधनको प्रस्ताव अघि बढाउन असहमत देखिएको छ । २ असोजमा प्रदेश नम्बर २ को निर्वाचन सम्पन्न भइसकेपछि मात्रै नयाँ शिराबाट सहमतिका साथ संशोधन प्रस्तावमा छलफल गर्न सकिने उसको धारणा छ।

सत्ता पक्षले सहमति उल्लंघन गरेको आरोप
स्थानीय निर्वाचन सम्पन्न भइसकेपछि संशोधन प्रस्तावमा छलफल अघि बढाउने प्रमुख तीन दलबीचको सहमति कांग्रेस र माओवादी केन्द्रले उल्लंघन गर्न खोजेको एमालेले आरोप छ । दुई दलले राजपासँग संशोधनका विषयमा छलफल अघि बढाएलगत्तै एमालेले यस्तो प्रतिक्रिया दिएको हो ।

‘शेरबहादुर देउवा र प्रचण्डजीले नै सार्वजनिक रूपमै अहिले संशोधन अघि बढाउँदा निर्वाचनको आचारसंहिताविपरीत हुन्छ, सर्वोच्चको आदेशका कारण पनि स्थानीय तहको संख्या हेरफेर सम्भव छैन, त्यसैले चुनाव सम्पन्न भइसकेपछि अघि बढाउने सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नुभएको हो,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘सार्वजनिक प्रतिबद्धताबाट पछि फर्किएर समस्या सुल्झाउन हो कि बल्झाउन खोजेको ? चुनावलाई नै अप्ठ्यारोमा पार्ने सत्तापक्षको नियतमाथि गम्भीर प्रश्न उब्जिएको छ ।’

जनप्रतिनिधिका अधिकार कटौती
सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावमा माथिल्लो सदन राष्ट्रिय सभा गठनका लागि मतदान गर्ने स्थानीय तहका जनप्रतिनिधिको अधिकार कटौती गर्ने प्रस्ताव छ । ६ प्रदेशमा चुनाव भएर जनप्रतिनिधि निर्वाचित भइसकेपछि उनीहरूका अधिकार कटौती गर्नु लोकतन्त्र, संविधानको व्यवस्था र संघीयताकै मूल्य–मान्यताविपरीत हुने एमालेको ठहर छ ।

सत्तापक्षको पेल्ने मानसिकता
स्थानीय तहको निर्वाचनबाट पहिलो दल बनेपछि पार्टीको एजेन्डा अनुमोदन भएको एमाले निष्कर्ष छ । निर्वाचन स्वयं पनि संशोधनको पक्ष–विपक्षको जनमतसंग्रह भएको निष्कर्षमा रहेको एमाले दुईतिहाइ अंकगणित नहुँदा–नहुँदै गलत मनसायले सत्तापक्षले जबर्जस्ती संशोधन अघि बढाउन खोजेको ठम्याइमा छ ।

एकतर्फी संशोधन प्रस्ताव
राजपालाई ‘मोहरा’ बनाउन मात्रै सत्तापक्षले एकतर्फी रूपमा संशोधन प्रस्तावलाई चर्चामा ल्याउने गरेको एमालेले बताउँदै आएको छ । राजपाको सहमतिविनै २ नम्बर प्रदेशको निर्वाचन सारेर आफ्नो पार्टीलाई कमजोर तुल्याउने प्रयास भए पनि चुनावी परिणामले त्यस्तो नदेखाएको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगर परिक्रमा

    नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज

तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।