निर्वाचन आयोगले गर्‍यो एमाले छाडने ८ वडाध्यक्षको पदमुक्त



हाम्रो इकोनोमि

 

 

निर्वाचन आयोगले नेकपा (एमाले) बाट निर्वाचित भई अन्य दलमा प्रवेश गरेका ८ जना वडाध्यक्षको पद रिक्त गर्ने निर्णय गरेको छ । सम्बन्धित दलको जानकारीको आधारमा उनीहरूको पद रिक्त भएको भएको हो ।

आयोगद्वारा जारी सूचनामा २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित ती जनप्रतिनिधिहरूले दल त्याग गरेकोले उनीहरूको पद स्वतः रिक्त भएको उल्लेख छ । एमाले केन्द्रीय सचिवालयले ती जनप्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको जानकारी आयोगलाई दिएको थियो । पदमुक्त भएका वडाध्यक्षमा ओखलढुंगाका मात्र ३ जना छन् ।

पद रिक्त भएका वडाध्यक्षहरूको नामावली

१. कमल बहादुर बानिया – मोलुङ गाउँपालिका-१, ओखलढुङ्गा

२. कमल तामाङ – मोलुङ गाउँपालिका-६, ओखलढुङ्गा

३. सुरेश कुमार थापा – चम्पादेवी गाउँपालिका-७, ओखलढुङ्गा

४. राजकुमार पन्थी – माथागढी गाउँपालिका-१, पाल्पा

५. होमप्रसाद बजगाईं – बागमती गाउँपालिका-७, ललितपुर

६. रामकुमार श्रेष्ठ – लेटाङ नगरपालिका-४, मोरङ

७. महेशकुमार खनाल – रंगेली नगरपालिका-१, मोरङ

८. मधुसुदन शर्मा – घोराही उपमहानगरपालिका-४, दाङ

प्रतिक्रिया दिनुहोस
गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...

एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...