निर्वाचन आयोगले गर्‍यो एमाले छाडने ८ वडाध्यक्षको पदमुक्त



हाम्रो इकोनोमि

 

 

निर्वाचन आयोगले नेकपा (एमाले) बाट निर्वाचित भई अन्य दलमा प्रवेश गरेका ८ जना वडाध्यक्षको पद रिक्त गर्ने निर्णय गरेको छ । सम्बन्धित दलको जानकारीको आधारमा उनीहरूको पद रिक्त भएको भएको हो ।

आयोगद्वारा जारी सूचनामा २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित ती जनप्रतिनिधिहरूले दल त्याग गरेकोले उनीहरूको पद स्वतः रिक्त भएको उल्लेख छ । एमाले केन्द्रीय सचिवालयले ती जनप्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको जानकारी आयोगलाई दिएको थियो । पदमुक्त भएका वडाध्यक्षमा ओखलढुंगाका मात्र ३ जना छन् ।

पद रिक्त भएका वडाध्यक्षहरूको नामावली

१. कमल बहादुर बानिया – मोलुङ गाउँपालिका-१, ओखलढुङ्गा

२. कमल तामाङ – मोलुङ गाउँपालिका-६, ओखलढुङ्गा

३. सुरेश कुमार थापा – चम्पादेवी गाउँपालिका-७, ओखलढुङ्गा

४. राजकुमार पन्थी – माथागढी गाउँपालिका-१, पाल्पा

५. होमप्रसाद बजगाईं – बागमती गाउँपालिका-७, ललितपुर

६. रामकुमार श्रेष्ठ – लेटाङ नगरपालिका-४, मोरङ

७. महेशकुमार खनाल – रंगेली नगरपालिका-१, मोरङ

८. मधुसुदन शर्मा – घोराही उपमहानगरपालिका-४, दाङ

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...