खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ



हाम्रो इकोनोमि

 

 

 नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । कोटेश्वरबाट खटिएको ब्यूरोको टोलीले काठमाडौंको ढल्कुबाट रामेछापको दोरम्बा–३ का ४२ वर्षीय टेकबहादुर थापामगर र सिन्धुलीको दुधौली नगरपालिका–१० का २४ वर्षीय सन्तबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।

ब्यूरोले ९ असारमा पक्राउ परेका थापामगरको अनुसन्धानका सिलसिलामा ११ असारमा उनलाई खैरो हेरोइन बिक्री गर्ने बस्नेतलाई पनि पक्राउ गरेको जनाएको छ । ब्यूरोका प्रवक्ता दुर्गाराज रेग्मीले थापामगरबाट ६ ग्राम ७२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जानकारी दिए । उनका अनुसार बस्नेतलाई ब्यूरोले ८० ग्राम खैरो हेरोइनसहित ललितपुरको बालकुमारीबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...