खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ



हाम्रो इकोनोमि

 

 

 नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । कोटेश्वरबाट खटिएको ब्यूरोको टोलीले काठमाडौंको ढल्कुबाट रामेछापको दोरम्बा–३ का ४२ वर्षीय टेकबहादुर थापामगर र सिन्धुलीको दुधौली नगरपालिका–१० का २४ वर्षीय सन्तबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।

ब्यूरोले ९ असारमा पक्राउ परेका थापामगरको अनुसन्धानका सिलसिलामा ११ असारमा उनलाई खैरो हेरोइन बिक्री गर्ने बस्नेतलाई पनि पक्राउ गरेको जनाएको छ । ब्यूरोका प्रवक्ता दुर्गाराज रेग्मीले थापामगरबाट ६ ग्राम ७२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जानकारी दिए । उनका अनुसार बस्नेतलाई ब्यूरोले ८० ग्राम खैरो हेरोइनसहित ललितपुरको बालकुमारीबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...