बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो



हाम्रो इकोनोमि

 

 

नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले प्राविधिक कारण देखाउँदै अनुमति दिन आनाकानी गरेको छ । नेपालबाट भारतको प्रसारणलाइन प्रयोग गर्दै ४० मेगावाट विद्युत बंगलादेश निर्यात् भइरहेको छ । नेपाल र बंगलादेशबीच ढाकामा २७ नोभेम्बर २०२५ मा भएको सचिवस्तरीय संयुक्त स्टेयरिङ कमिटी (जेएससी)को बैठकले थप २० मेगावाट विद्युत् निर्यात गर्ने सैद्धान्तिक सहमति गरेको थियो । सो बैठकले यसका लागि आवश्यक प्रक्रियाहरू अगाडि बढाउने समझदारी पनि गरेको थियो ।

भारतको बाटो भएर निर्यात हुने हुनाले त्यसका लागि तीन देशबीच नै सहमति हुनुपर्ने हुन्छ । यसअघि भएको त्रिपक्षीय सम्झौताअनुसार ४० मेगावाट विद्युत् भने विनाअवरोध निर्यात भइरहेको बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बताए । डिसेम्बरमा भएको सहमतिअनुसार थप विद्युत् निर्यातको प्रक्रियामा रहेको उनले बताए ।

यही वर्षको जुन १५ देखि नेपालबाट बंगलादेश पठाउने भनिएको थप २० मेगावाट विद्युत् निर्यातका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए)को अनुमति कुरिरहेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए । सीईएले प्रसारण लाइन क्षमताको सीमितताका कारण थप विद्युत् निर्यातको अनुमति दिन नसकिने जानकारी गराएको पनि ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...