रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित



हाम्रो इकोनोमि

 

 

बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय समितिमा निर्वाचित भएका छन् । श्रममन्त्री रामजी यादवले भने पराजय व्यहोरे ।

महाधिवेशनमा सर्वाधिक मत ल्याउने तीनजना नै मन्त्रीहरु छन् । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, कानून मन्त्री सोविता गौतम र परराष्ट्रमन्त्री शिशिर खनालले सर्वाधिक मत ल्याएर जितेका हुन् । केन्द्रीय सदस्यमा विजयी हुने अन्य मन्त्रीहरुमा बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, सीता वादी, निशा मेहता र गीता चौधरी रहेका छन् । सरकारका ६ जना मन्त्रीहरुले भने रास्वपाको चुनावमा उम्मेदवारी दिएनन् । प्रधानमन्त्री बालेन्द्र शाह वरिष्ठ नेतामा निर्वाचनबिनै छानिए ।

गृहमन्त्री सुधन गुरुङ, पर्यटनमन्त्री खडकराज पौडेल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल, उद्योगमन्त्री गौरीकुमारी यादवले पनि चुनावी दौडमा भाग लिएनन् । उनीहरु मनोनित केन्द्रीय सदस्य बन्न सक्नेछन् । श्रम मन्त्री रामजी यादव भने चुनावी प्रतिस्पर्धामा पछि परे । खुल्ला केन्द्रीय सदस्यमा उठेका उनले ८६९ मत ल्याएका थिए । केन्द्रीय सदस्यको दौडमा रहेका सबै मन्त्रीले १५ सय मत कटाए पनि यादवलाई उल्लेख्य भोट आएन ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...