एमाले पुनर्गठन हुन्छ : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

 नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कार्यदलको सुझावको आधारमा एमाले पुनर्गठन हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै पाेखरेलले पार्टीलाई नयाँ शिराबाट एकताबद्ध बनाएर लैजानुपर्ने बताए ।

पुनर्गठनको कार्ययोजना बनाउनकै लागि पार्टीले कार्यदल बनाएको भन्दै पोखरेलले मातहतका कमिटीको सुझावको आधारमा पार्टी पुनर्गठन हुने बताए । उनले भने, अहिले पार्टीले संस्थागत हिसाबले नै केही काम गर्न खोजेको छ । चुनावको समीक्षा गर्ने र पार्टीलाई पुनर्गठनको दिशामा कसरी अगाडि बढाउनुपर्दछ भन्ने विषयमा पार्टी पङ्क्तिको भावनाको प्रतिनिधित्व गर्दै पार्टी कार्यकर्ताहरूबाट सुझाव सङ्कलन गर्ने प्रक्रियामा छ । सुझावकै आधारमा निर्णय हुन्छ ।

पार्टी अहिलेको अवस्थामा नयाँ ढङ्गले अगाडि बढ्नुपर्दछ भन्ने मान्यताको पक्षमा कार्यकर्ताहरु रहेको उनले बताए । उनले भने, नयाँ ढङ्गले अगाडि बढ्ने कुरा स्वाभाविक हो । वैचारिक, राजनीतिक र सङ्गठनात्मक हिसाबले पार्टीलाई थप एकताबद्ध बनाउने काम गर्नुपर्छ । पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकताबद्ध बनाउनु नै अहिलेको आवश्यकता हो । यथास्थितिमा पार्टीलाई एकताबद्ध गर्न सम्भव छैन ।’ उनले पार्टीमा शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरण आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...