सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ



हाम्रो इकोनोमि

 

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो । दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिएको अख्तियार स्रोतले बताएको छ । अहिले अख्तियारको टोलीले घटनास्थलमा मुचुल्कासहित अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...